नेपालको अर्को पराजय


कठमाडौं, असार ३० गते । कमजोरी व्याटिंगका कारण टी ट्वाण्टी विश्वकप छनोट प्रतियोगितामा नेपालले बुधबार हंगकंगसँग अर्को हार बेहोरेको छ । बुधबार राति सम्पन्न खेलमा हंगकंगद्धारा नेपाल पाँच विकेटले पराजित भएको हो । यो हारसँगै नेपालको छनोट हुने सम्भावना पनि क्षीण हुँदै गएको छ ।
टस हारेर पहिले व्याटिंगको निम्तो पाएको नेपालले पूर्ववत्रुपमा कमजोर व्याटिंग गरेर आफ्ना हारका लागि मार्ग प्रशस्त गरेको थियो । नेपालले २० ओभरको खेलमा जम्मा १०९ रन मात्र बनाउन सक्यो जसमा कप्तान पारस खडका एक रनमै आउट भएका थिए भने उपकप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमै आउट भए । यस्तै शरद भेषवाकरले २७ रन र राजेश पुलामी मगरले २५ बनाउनुका साथै सागर पुन र बसन्त रेग्मीले एघार एघार रन बनाए । अन्य व्याट्सम्यान चम्किन सकेनन् ।
ख्ोलमा बसन्त रेग्मीले चार विकेट लिए पनि हंगकंगले १९.१ ओभरमै ११० रन बनाएर आफ्नो छनोट हुने सम्भावनालाई जीवितै राखेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना