२०७२ को भूकम्पबारे पुस्तक

काठमाडौं, असार ३० गते । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वैशाख १२ को विनासकारी भूकम्प र त्यसपछिका परकम्पबाट भएको क्षतिको विवरण समेटिएको दस्तावेज ‘महाभूकम्प २०७२’ पुस्तकको विमोचन गर्नुभयो । आर्थिक वर्ष २०७२÷०७३ को बजेटमाथि टिप्पणी गर्दै उहाँले कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ जननेता मदन भण्डारीका स्थापना गरिएका संस्थाहरुप्रति नेपाली काँग्रेसले पूर्वाग्रह राखी बजेट प्रस्तुत गरेको गुनासो गर्नुभयो । उहाँले एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीसँग काँग्रेसका सांसद . हरि खड्कासँग तुलना गरिएकोमा टिप्पणी पनि गर्नुभयो । पुस्तकमाथि त्रिभुवन विश्वविद्यालय भूगर्भविभाग प्रमुख प्रा.डा. लालुप्रसाद पौडेलले यस्ता पुस्तकहरुबाट भूकम्पका बारेमा राम्रो ज्ञान पाउन सकिने बताउनुभयो । लेखक हरिहर पोखरेलले भूकम्प जाँदाकै दिनदेखि लेखन शुरु गरी करिब दुई महिनामा पुस्तक तयार भएको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना