कसले कति कमाए विम्बल्डनमा ?

विश्व टेनिस जगतका निकै चर्चित प्रतियोगिताहरुमध्ये विम्बल्डन टेनिस प्रतियोगिता नाम र दाम दुबैका दृष्टिकोणबाट निकै प्रतिष्ठित मानिन्छ । सन् २०१५ को विम्बल्डन टेनिस प्रतियोगिता सम्पन्न भैसकेको छ । सर्वियाका नोभाक जोकोभिकले यसपटक पनि स्वीटजरल्याण्डका रोजर फेडेररलाई फाइनलमा पराजित गरी मेन्स सिंगल्स्को उपाधि आफनो पोल्टामा पारेका छन् भने महिला एकलमा अमेरिकाकी सेरेना विलियम्सले किर्तिमानसहित उपािध जितिन् ।
यसपटकको विम्बल्डनमा भारतलाई चाहिँ चाँदी नै भयो । महिला युगलमा भारतकी सानिया मिर्जा तथा स्वीटजरल्याण्डकी मार्टिना हिन्जिसको जोडीले सफलता हात पा¥यो । यस्तै महिला तथा पुरुष मिश्रित जोडीको खेलमा भारतका लियण्डर पेस तथा मार्टिनाकै जोडीले उपाधिमा कब्जा जमायो भने व्वाइज सिंगल्समा पनि भारतकै युवा खेलाडी सुमित नागलले विजयश्री प्राप्त गरे ।
पुरस्कार राशीलाई हेर्ने हो भने पनि विम्बल्डन निकै आकर्षक छ । यस वर्षको प्रतियोगिताको कूल पुरस्कार राशीमा ७.६ प्रतिशतले वृद्धि गरिएको छ जसका कारण यस प्रतियोगिताको कूल पुरस्कार राशी दुई करोड ६७ लाख ५० हजार पाउण्ड ( रु. चार अर्ब २६ करोडभन्दा बढी ) भएको छ । यो वृद्धिसँगै विम्बल्डन संसारकै सबैभन्दा बढी पुरस्कार राशी भएको प्रतियोगितामा सहभागी हरेक जसो खेलाडीले रकम पाउने गर्दछन् जसअन्तर्गत महिला र पुरुष एकलको पहिलो राउण्ड खेलेरे पराजित हुने खेलाडीले पनि २९ हजार पाउण्ड ( झण्डै ४६ लाख रुपियाँ ) प्राप्त गर्दछ , एवंरीतले माथिल्ला चरणमा पुरस्कार राशी बढ्दै जाने गर्दछ ।
यस प्रतियोगिताको पुरुष तथा महिला एकलका विजयी खेलाडी प्रत्येकले १८ लाख ८० हजार पाउण्ड ( झण्डै ३० करोड रुपियाँ ) घर लग्दछन् । यस्तै उपविजेताहरुले नौं लाख लाख ५० हजार पाउण्ड ( १५ करोड रुपियाँ ) पुरस्कार वापत पाउँछन् ।
महिला तथा पुरुष युगलका विजेताले तीन लाख २५ हजार पाउण्ड ( रु.पाँच करोडभन्दा बढी ) पाउँछन् ।

महिला तथा पुरुष मिश्रित जोडीका विजेताले ९६ हजार पाउण्ड ( रु.डेढ करोड ) धनराशी खल्तीमा हाल्छन् ।
विश्व टेनिसका पूराना मध्ये एक विम्वल्डन च्याम्पियनसिप सन् १९६८ देखि व्यावसायिक तवरले खेल्न थालिएको हो , सो समयमा प्रतियोगिताको कूल पुरस्कार राशी मात्र २६ हजार १५० पाउण्ड ( रु.४१ लाखभन्दा बढी ) थियो । सन् १९८६ मा पुरुष तथा एकल प्रतियोगिता जित्ने खेलाडीलाई दुई हजार पाउण्ड ( रु.तीन लाखभन्दा केही बढी ) नगद दिइन्थ्यो । त्यस बखत महिला तथा पुरुष एकलका उपविजेतालाई आठ सय पाउण्ड ( रु. एक लाख २६ हजार )मात्र दिइन्थ्यो । सन् १९८४ मा यस प्रतियोगिताको कूल पुरस्कार राशी पहिलो पटक दश लाखभन्दा बढी गरिएको थियो । स्रोत ः टोटल स्पोर्टेक images

महिला तथा पुरुष मिश्रित जोडीका विजेताले ९६ हजार पाउण्ड ( रु.डेढ करोड ) धनराशी खल्तीमा हाल्छन् ।
विश्व टेनिसका पूराना मध्ये एक विम्वल्डन च्याम्पियनसिप सन् १९६८ देखि व्यावसायिक तवरले खेल्न थालिएको हो , सो समयमा प्रतियोगिताको कूल पुरस्कार राशी मात्र २६ हजार १५० पाउण्ड ( रु.४१ लाखभन्दा बढी ) थियो । सन् १९८६ मा पुरुष तथा एकल प्रतियोगिता जित्ने खेलाडीलाई दुई हजार पाउण्ड ( रु.तीन लाखभन्दा केही बढी ) नगद दिइन्थ्यो । त्यस बखत महिला तथा पुरुष एकलका उपविजेतालाई आठ सय पाउण्ड ( रु. एक लाख २६ हजार )मात्र दिइन्थ्यो । सन् १९८४ मा यस प्रतियोगिताको कूल पुरस्कार राशी पहिलो पटक दश लाखभन्दा बढी गरिएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना