ग्रीसलाई ठूलो राहत


ब्रसेल्स , असार २७ गते । ग्रीसलाई आर्थिक सङ्कटबाट पार पाउनका लागि सघाउन युरोजोनका नेताहरुको रातभरिको छलफलले सकारात्मक परिणाम ल्याएको छ ।
आइतबार राति १७ घण्टासम्म जारी छलफलपछि ग्रीसलाई सघाउने निर्णयमा सहमतिमा पुगेको जानकारी युरोपियन युनियनका अध्यक्ष डोनाल्ड टस्कले जानकारी दिनुभयो । यो समेत युरोजोनका राष्ट्र्हरुले ग्रीसलाई तेस्रो पटक सघाइरहेका छन् ।
ग्रीसलाई ३५ अर्ब युरो बराबरको आर्थिक प्याकेज उपलब्ध गराइने भएको जानकारी ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले दिनु भएको छ । यो प्याकेजसँगै बुधबारसम्म ग्रीसले युरोजोनद्धारा माग गरिएको सुधारका कार्यलाई पारित गर्नुपर्नेछ ।
यस सहमतिसँगै तत्कालै ग्रीसको अल्पकालिन आवश्यक्ता परिपूर्तिका लागि आवश्यक वित्तिय सहायता उपलब्ध गराउने सम्बन्धमा युरोजोनका अर्थमन्त्रीहरुको सम्मेलन सोमबार अबेर बस्ने जानकारी पनि दिइएको छ ।
फ्रान्सका राष्ट्र्पति फ्रान्सिस होल्याण्डले यो सहमतिले युरोपको एकतालाई सुदृढ बनाउन बल मिलेको बताउनु भएको छ ।
ग्रीसको कूल ऋण ३२० अर्ब युरो छ भने युरोजोनले हालसम्म २४० अर्ब युरोको सहायता गरिसकेको छ । ग्रीसको कूल ग्राहस्थ उत्पादन र ऋणबीचको अनुपात १७७ प्रतिशत छ । सन् २०१० देखि ग्रीसको कूल ग्राहस्थ उत्पादनमा २५ प्रतिशतले ह्रास आएको छ भने बेरोजगार २६ प्रतिशत छ । बीबीसी

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना