निमोनियाविरुद्ध नयाँ पिसिभी खोप अभियान सुरु हुँदै

काठमाडौँ, असार २८ गते । बालबालिकालाई लाग्ने न्युमोकोकल निमोनिया रोगविरुद्ध लगाइने पिसिभी नामक नयाँ खोपलाई सरकारले नियमित खोप तालिकामा समावेश गराएको छ । न्युमोकोकल कन्जुगेट भ्याक्सिन ९पिसिभी० खोपलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी साउन १ गतेदेखि औपचारिक रुपमा नियमित खोप तालिकामा समावेश गराई एक वर्षमुनिका शिशुलाई तीनपटक खोप लगाउन सुरु गर्न लागेको हो । खासगरी दुई वर्षमुनिका बालबालिकालाई सामान्य तर कहिलेकाहीँ गम्भीर अपाङ्गसमेत बनाउन सक्ने र मृत्युसमेत गराउन सक्ने सो रोगका विरुद्धमा दिइने खोपलाई मन्त्रालयले अनौपचारिकरुपमा केही जिल्लामा यसअघि नै सञ्चालनमा ल्याइसकेको थियो ।

बालस्वास्थ्य महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले पिसिभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गराइएको र शिशु जन्मेको छ हप्ता, दश हप्ता र नौ महिना गरी तीनपटक सबै जिल्लाका शिशुमा लगाउन खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

अब नयाँ खोपको सुरुवातसँगै बालबालिकाले सातपटक खोप लगाउनुपर्नेछ । जन्मिने बित्तिकैदेखि १५ महिनाको अवधिसम्म उनीहरुलाई लगाइने बिसिजी, डिपिटी–हेप, बी–हिप,पोलियो, पिसिभी पहिलो, दोस्रो तथा तेस्रो मात्रा, जापानीज इन्सेफलाइटिस, दादुरा रुबेलाजस्ता खोपले क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुइन्जा बी, पोलियो, निमोनिया, रुबेला, दादुरा, जापानीज इन्सेफलाइटिस जस्ता ११ किसिमका रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि गराउँदछ ।

पिसिभी खोपको पहिलो मात्रा शिशु जन्मेको छ हप्तामा दिइने डिपिटी– हेप, बी– हिब, पोलियो थोपा खोपको पहिलो मात्रासँग, दोस्रो १० हप्तामा डिपिटी– हेप, बी– हिब, पोलियो थोपाको दोस्रो मात्रासँग र शिशु नौ महिना पुगेपछि दिइने दादुरा–रुबेला खोपको पहिलो मात्रासँग तेस्रोमात्रा दिइने महाशाखाले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा पाँचवर्षमुनिका बालबालिकाको मृत्युमध्ये १७ प्रतिशत बालबालिकाको मृत्यु निमोनियाको कारणले हुने गरेको छ । सङ्गठनका नेपालस्थित कार्यालयका खोपविज्ञ डा राजेन्द्र बोहरा निमोनिया रोगथामको सबैभन्दा प्रभावकारी र उत्तम उपाय यस रोगविरुद्ध दिइने पिसिभी खोप हो भन्नुहुन्छ ।

खोप कार्यक्रम सञ्चालन गर्न सङ्गठनले लामो समयदेखि मन्त्रालयलाई आर्थिक एवम् प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको छ । विश्वमा बालबालिकालाई खोपबाट बचाउन सकिने रोगको रोग दर कम गर्न र बालमृत्युमा कमी ल्याउनलाई खोपलाई सबैभन्दा उत्तम र भरपर्दो माध्यमका रुपमा लिइन्छ ।

के हो न्युमोकोकल निमोनिया ?

स्ट्रेप्टोकोकस निमोनी नामक कीटाणुबाट लाग्ने रोगको समूहलाई न्युमोकोकल रोग भनिन्छ । यसका कीटाणुका प्रजाति ९० भन्दा बढी किसिमका हुन्छन् । पिसिभी खोपले दुईवर्षमुनिका बालबालिकालाई दश किसिमका न्युमोकोकसका प्रजातिबाट हुने नियोनियाजन्य रोगलाग्नबाट बचाउने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्रराज उप्रेतीका अनुसार निमोनिया रोगको जोखिम दुईवर्षमुनिका बालबालिकामा बढी हुन्छ । यसले न्युकोकल निमोनिया ९फोक्सोको सङ्क्रमण०, मेनेन्जाइटिस ९मस्तिष्क र सुषुम्नाको बाहिरी पत्रको सङ्क्रमण०, ब्याक्टेरिया९रगतमा सङ्क्रमण० तथा कान पाक्ने, पिनास हुने, ब्रोन्काइटिस जस्ता रोग हुन सक्दछन् ।

“फोक्सोको सङ्क्रमण न्युकोकल निमोनियाको सबैभन्दा गम्भीर अवस्था हो, यस्तो अवस्था आउन नदिने एकमात्र उपाय पिसिभी खोप नै हो, त्यसै खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरी सबै जिल्लाका बालबालिकामा खोप लगाउन सुरु गर्न लागेका हौँ” उहाँले भन्नुभयो ।

बालबालिकामा ज्वरो आउनु र काप्नु, खोकी लाग्नु, छिटोछिटो श्वास फेर्नु, श्वास फेर्दा कठिनाइ हुनु, छाती दुख्नु, कोखा हान्नु, मस्तिष्कको सङ्क्रमण भएमा खान मन नलाग्नु, बान्ता हुनु, कानको सङ्क्रमण भएमा कान दुख्नु, रातो हुनु, पाक्नु सो रोगका लक्षण हुने बाल स्वास्थ्य महाशाखाका प्रमुख डा पौडेलले जानकारी दिनुभयो ।

उहाँले पिसिभी खोप लगाएपछि बालबालिकामा चिटचिटाहट स्वभाव हुनु, बढी निन्द्रा लाग्नु, भोक नलाग्ने, खान मन नलाग्ने, खोप लगाएको ठाउँमा दुख्ने, रातो हुने र सुन्निने तथा सामान्य ज्वरो आउने हुन सक्दछन् तर यसबाट नआत्तिन आग्रह गर्नुभयो ।

विशेषगरी कहिलेकाहीँ बालबालिका स्वच्छ देखिए पनि उनीहरुको नाक तथा घाँटीमा सो रोगको कीटाणु भइरहने हुँदा कीटाणु नाकबाट कान, रगत र फोक्सोमा फैलिइ रोगी बनाउन सक्ने हुँदा यस्तो अवस्थामा सतर्कता अपनाइ तुरुन्त नजिकको स्वास्थ्य संस्थामा देखाउनु पर्ने चिकित्सकको सुझाव रहेको छ ।

बालबालिकालाई खोपबाट बचाउन सकिने रोगको रोग दर र बालमृत्यु दरमा कमी ल्याउन मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ बताउनुहुन्छ ।

मन्त्रालयले सन् २०१६ सम्ममा सबै जिल्लामा पूर्णरुपमा खोप ९कभरेज०कार्यक्रम पु¥याउने लक्ष्य लिएको छ । हाल सो कभरेजको सङ्ख्या ८६ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी विभिन्न नौ जिल्ला, ३५ नगरपालिका, एक हजार गाविस पूर्णखोप क्षेत्र घोषणा भइसकेको छ । यो क्रम जारी नै रहेको छ । खोप अभियानलाई अझ बलियो बनाउन मन्त्रालयले नयाँ ऐन तयार गरी व्यवस्थापिका–संसद्मा प्रस्तुत गरिसकेको छ ।

विसं २०३३ मा बिफर उन्मूलनका लागि तीन जिल्लाबाट बिसिजी र डिपिटी खोपबाट सुरुवात भएको खोप कार्यक्रमअन्तर्गत हालसम्म आइपुग्दा करिब १६ हजार खोप क्लिनिक, सरकारी तथा निजी अस्पताल, स्वास्थ्य सेवा प्रदायक सस्था, घुम्ती सेवामार्फत बालबालिकालाई खोप लगाउने गरिन्छ ।

सबिन भ्याक्सिन इन्स्टिच्युटका वरिष्ठ कार्यक्रम अधिकृत देवेन्द्रप्रसाद ज्ञवाली खोप पाउने बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई उच्च प्राथमिकतामा राखिनुपर्छ, खोपका लगानी वृद्धि गरिनुपर्छ भन्नुहुन्छ ।

बालस्वास्थ्य महाशाखाका अनुसार अझै पनि २५ हजार बालबालिका कुनै पनि खोपको पहुँचभन्दा बाहिर रहेका छन् । बर्सेनि करिब ६२ लाख बालबालिकाले खोपको सेवा पाइरहेका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना