एथलेटिक्समा तीन नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडाैँ, असार २७ गते । नेपाल एथलेटिक्स सङ्घको आयोजनामा भएको खेलाडीहरुको नेसनल टाइम ट्रेल प्रतिस्पर्धामा तीन राष्ट्रिय कीर्तिमान तोडिएका छन् । 

आइतबार दोस्राे दिन पुरुषको हाइजम्पमा सूर्य खत्रीले आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान राख्ने क्रममा बालकृष्ण चौधरीको १.९७ मिटरको कीर्तिमानलाई उछिन्दै १.९८ मिटरको उचाइको कीर्तिमान राख्नुभयाे । 

आजै सम्पन्न महिलाको ज्याभ्लिन थ्रोमा सिमाकुमारी थारुले आफ्नो नाममा रहेको पुरानो ३९.४६ मिटरको रेकर्डमा सुधार गर्दै ४३ मिटरको नयाँ कीर्तिमान राख्नुभयाे ।

यस्तै महिलाकै डिस्कस थ्रोमा अमृता महतोले पुरानो रेकर्ड ३४.३७ मिटरमा सुधार गर्दै ३९.८२ मिटरको नयाँ राष्ट्रिय रेकर्ड स्थापित गर्नुभयाे । 

राष्ट्रिय कीर्तिमान राख्नुहुने तीनै जना खेलाडी हाल राष्ट्रिय टिममा रही प्रशिक्षण लिइरहनुभएकाे छ ।

यही टाइमट्रेल प्रतिस्पर्धामार्फत नै खेलाडीलाई वैदेशिक प्रतिस्पर्धामा सहभागिता गराइने प्रमुख प्रशिक्षक सुशील नरसिंह राणाले बताउनुभयो । रासस 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना