सहयोगको भावना ठूलो कुरा हो : प्रधानमन्त्री कोइराला

Sushil daiकाठमाडौँ, असार २७ गते । प्रधानमन्त्री सुशील कोइरालाले मानिसभित्र निहीत सहयोगको भावना नै ठूलो कुरा भएको बताउनुभएको छ ।  उहाँले सो कुरा आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडित नेपालीलाई राहत र पुनःस्थापना कार्यमा सहयोग पु¥याउन प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा रकम प्रदान गर्न आउनुभएका विभिन्न संस्थाका प्रतिनिधिहरुसँग बताउनुभएको हो ।

दाताहरुले सानो रकम सहयोग गरेको गुनासो राखेपछि प्रधानमन्त्रीले भन्नुभयो – “मुलुक दुःखमा परेका बेलामा सहयोग गर्नुभएको छ । यसमा रकमको कुरा हैन, सहयोगको भावना लिएर आउनुभयो, त्यो नै महत्वपूर्ण कुरा हो ।” 

सो अवसरमा प्रधानमन्त्री कोइरालाले आफू कोषमा प्राप्त रकम सदुपयोग होस् भनेर लागिरहेको बताउनुभयो । उहाँले दैविप्रकोप उद्धार कोषबारे बुझ्दै नबुझी दुरुपयोगको हल्ला फिजाइएकामा पनि असन्तुष्टि व्यक्त गर्नुभयो । 

सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुकले छिट्टै संविधानसभाबाट निर्मित नयाँ संविधान पाउने उल्लेख गर्दै भन्नुभयो – “देशमा शान्ति, स्थायित्व र विकास हुनेछ । मुलुकले ८÷१० वर्षमा फड्को हान्नेछ ।”  सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुकमा लगानीको वातावरण तयार भएको पनि उल्लेख गर्नुभयो । 

जनता बैंकबाट बीस लाख सहयोग

भूकम्पपीडित नेपालीलाई राहत र पुनःस्थापना कार्यमा सघाउन जनता बैंक नेपाल लिमिटेडले उद्धार कोषमा रु. २० लाख सहयोग गरेको छ । 

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा संविधानसभा सदस्य उदय नेपाली श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । 

बैंकले भूकम्पपछि किडल, सिन्धुपाल्चोक र रसुवामा राहत वितरण गरेको पनि जनाएको छ ।

एस बैंकबाट साढे एघार लाख 

भूकम्पपीडित नेपालीलाई राहत र पुनःस्थापना कार्यमा सघाउन एस डेभलपमेन्ट बैंक लिमिटेडले उद्धार कोषमा रु. ११ लाख ५६ हजार सहयोग गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । 

सेवा निवृत्त कर्मचारीबाट एक लाख त्रियानब्बे हजार

उर्लावारी–६, मोरङमा केन्द्रीय कार्यालय रहेको सेवानिवृत्त राष्ट्रसेवक हकहित समाज नेपालले पनि भूकम्पपीडित नेपालीको राहत र पुनःस्थापनामा सहयोग गर्न उद्धार कोषमा रु. एक लाख ९३ हजार ६५८ प्रदान गरेको छ । 

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष हरिश्चन्द्र भ्यालले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । 

पूर्व प्रहरीबाट डेढ लाख सहयोग

भूकम्पपीडित नेपालीको राहत र पुनःस्थापना कार्यमा सघाउन पूर्व प्रहरीको सङ्गठनले पनि उद्धार कोषमा सहयोग प्रदान गरेको छ । 

आइतबार बिहान सङ्गठनका अध्यक्ष वसन्त कुँवरसहितको टोलीले रु. एक लाख ५१ हजार १११ को चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेको थियो । 

सङ्गठनले भूकम्पपछि दोलालघाट मातातीर्थ र चाँगुनारायण क्षेत्रमा टहरा बनाउन सहयोग गरेको जनाएको छ ।

अध्यक्ष कुँवरले पूर्व कर्मचारीलाई पुनःस्थापना र पुनःनिर्माण कार्यमा लगाउन माग गर्नुभएको थियो । 

नापानबाट एक लाख बीस हजार 

नेपाल सहभागितामूलक कार्य समूह (नापान)ले भूकम्पपीडित नेपालीका लागि राहत र पुनःस्थापना कार्यमा सघाउन उद्धार कोषमा रु. एक लाख २१ हजार ६५१ प्रदान गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्थाका कोषाध्यक्ष धर्मराज श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । 

नापानले भूकम्पपछि काठमाडौँ र सिन्धुपाल्चोकमा खाद्यान्न र शयन सामग्री वितरण गरेको जनाएको छ । 

भृकुटीमण्डपका व्यापारीले दिए सवा लाख

भूकम्पपीडित नेपालीको राहत र पुनःस्थापना कार्यलाई सघाउन भृकुटीमण्डपमा व्यापार गर्नेको सङ्गठन काठमाडौँ निम्न व्यापार सङ्घले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा रु. एक लाख २५ हजार २५ प्रदान गरेको छ । 

आइतबार सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

म्याग्दी समाजबाट एक लाख

म्याग्दीबाट काठमाडौँमा आई विभिन्न पेसामा आबद्ध नागरिकले सामूहिक हक हितका लागि खोलेको म्याग्दी समाज काठमाडौँले पनि भूकम्पपीडित नेपालीलाई सघाउन प्रधानमन्त्री उद्धार कोषमा रु. एक लाख सहयोग गरेको छ । 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा समाजका पदाधिकारीहरुले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएकाे िथयाे । 

पिक्युपिसिएनबाट पचास हजार सहयोग

भूकम्पपीडित नेपालीको राहत र पुनःस्थापना कार्यलाई सघाउन गुण उत्पादन तथा प्रतिस्पर्धात्मक सञ्जाल नेपाल (पिक्युपिसिएन)ले उद्धार कोषमा रु. ५० हजार प्रदान गरेको छ । 

आइतबार सञ्जालका अध्यक्ष जनार्दन घिमिरेले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो । रासस 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना