थप बस्तुमा निकासी कर


खोटाङ, असार २७ गते । आन्तरिक आयकर बृद्धि गर्नका लागि जिल्ला बिकास समिति खोटाङले जिल्लाबाहिर निकासी हुने कृषि, बन तथा खानीजन्य सम्पदाको निकासीमा कर लागू गरेको छ । जिल्लाको आन्तरिक स्रोत बृद्धिका लागि जिबिसले पहिलोपल्ट कृषि, पशुपंक्षी तथा खानीजन्यबस्तुको निकासी कर लगाएको हो ।
यस वर्षदेखि अलैंची, सुन्तला, अम्रिसो, गुच्छीच्याउ लगायतका कृषिजन्यबस्तु तथा गाईगोरु, सुंगुर, खसी, बाख्रा निर्यातमा कर लाग्ने स्थानीय बिकास अधिकारी महेन्द्रकुमार सापकोटाले बताउनुभयो । यस्तै, जिल्लाभित्रका बिभिन्न नदीनालाका ढुङगा, गिटी र बालुवा बिक्री तथा निकासीमा समेत कर लाग्ने भएको छ ।
जिबिसका अनुशार अलैंचीमा प्रतिकेजी चार रुपियाँ, सुन्तलामा प्रतिक्वीन्टल २० रुपियाँ, अम्रिसोमा प्रतिकेजी ५० रुपियाँ, र गुच्छीच्याउमा प्रतिकेजी एक सय रुपियाँका दरले निकासी कर लाग्ने छ । यस्तै, गाईगोरु निकासीमा प्रतिवटा ५० रुपियाँ,, सुंगुर प्रतिवटा २० रुपियाँ, र खसीबाख्रा निकासीमा प्रतिवटा २० रुपियाँ, कर तोकिएको स्थानीय बिकास अधिकारी सापकोटाले बताउनुभयो ।
जिल्लाबाट निकासी हुने कृषिजन्यबस्तु तथा पशुपंक्षीमा कर उठाउनकालागि आव्हान गरिएको ठेक्का स्वीकृत भइसकेको छ । गत फागुन–१३ गते सम्पन्न २२ औं जिल्ला परिषदबाट कृषिजन्य बस्तु तथा पशुपंक्षीमा कर लगाउने निर्णय गरेको जिबिसले संघीय मामिला तथा स्थानीय बिकास मन्त्रलय तथा राजस्व परामर्श समितिको सिफारिसबाट कर उठाउन स्वीकृति पाएको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना