खाना खाने टेबुलमा कि भुँइमा बसेर ?

 

काठमाडौं, असार २७ गते । हिजोआज टेबुल कुर्सीमा बसेर खानु आधुनिक सभ्यताको द्योतकका रुपमा लिइन थालेको छ तर भुँइमा पलेटी मार्ेर खानुको मज्जा पनि आफ्नै किसिमको हुन्छ । यतिमात्र होईन भुँइमा पलेटी मारेर खानु स्वास्थ्यका लागि निकै लाभदायक पनि मानिएको छ ।
पलेटी मारेर बस्नु योग दर्शनका दृष्टिकोणमा सुखासन हो , यो आसनमा बस्दा मानिसको दिमाग आफै शान्त हुनुका साथै खानाप्रति ध्यान केन्द्रित हुन्छ । यसरी खाँदा आवश्यक्ताभन्दा बढी खाना खाने बानीबाट पनि बच्न सकिन्छ । पलेटी मारेर बस्दा पेटको आसपास, ढाडको तल्लो भाग लगायतका मांसपेशीहरुमा एक किसिमको हलचल पैदा हुन्छ जसको फलस्वरुप पाचन प्रणालीले आरामसँग काम गर्न पाउँछ र खाना सजिलैसँग पचाइन्छ ।
पलेटी मारेर खाना बस्दा मानिस केही अगाडी झुकेर खाना मुखमा हाल्ने गर्दछ र खाना निल्न पूर्ववत् अवस्थामा फर्किने गर्दछ । यसरी अगाडी पछाडी गर्दा पेटका मांसपेशीहरुको स्िरकयता बढ्छ र पाचनमा निकै सजिलो हुन्छ ।
भुँइमा पलेटी मारेर खाना खानुलाई पूर्णतया पारिवारिक परम्परा मानिन्छ र यसमा घरका प्रायः सबै सदस्य सँगै जसो खाना खाने गर्दछन् । यसबाट पारिवारिक एकता तथा तालमेलमा अभिवृद्धि हुने पनि मानिन्छ ।
भनिन्छ , भुइँमा पलेटी मारेर खाना खाँदा बुढ्यौतीका समस्याबाट केही मुक्ति पाउन सकिन्छ किनकि यस आसनमा बस्दा पिठ्यु र ढाडको हडड्ी सम्बन्धी समस्याले कम दुःख दिन्छ । त्यस्तै काँध दुख्ने मानिसहरुका लागि पनि यसरी बसेर खाँदा फाइदाजनक नै हुन्छ ।
पलेटी मारेर बस्नु अर्थात् सुखासनले पाचन पद्धतीमात्र बलियो पार्ने नभइ खुट्टाका जोर्नीहरुलाई कोमल तथा लचिलो पार्न पनि सघाउँछ । लचिलोका कारण जोर्नीहरुमा चिल्लोपन आउँछ र यसबाट जमीनमा बस्न सहज हुन्छ ।
भुँइमा बसेर खाँदा रक्त संचारमा पनि सुधार आउँछ । यसबाट मुटुले पाचन प्रणालीमा सघाउने अङ्गहरुमा सहज ढङ्गबाट रक्त संचार गर्दछ । हामीले टेबुलमा बसेर खाना खाँदा यसको ठीक विपरीत हुने गर्दछ , यसमा रक्त संचार खुट्टासम्म मात्र हुन्छ जुन खाने समय आवश्यक हुँदैन ।
अब निर्णय आफै गर्नुस् टेबुलमा खाने कि भुँइमा पलेटी मारेर ।
एजेन्सी

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना