थोराङ भन्ज्याङको सफाइ

मुस्ताङ, असार २७ गते । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गत सबैभन्दा उच्च स्थानमा पर्ने थोराङ भन्ज्याङ क्षेत्रमा वर्षांैदेखि थुप्रिएको फोहर हटाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय पर्यटन व्यावसायी टोलीले दुई दिनसम्म उक्त क्षेत्रमा सरसफाइ गरेका हुन् । नेपाली सेनाका १०७ र नेपाल प्रहरीका तीनसहित स्थानीयवासी फोहर हटाउने काममा सहभागी थिए । समुद्री सतहदेखि पाँच हजार ४०० मिको उचाइमा अवस्थित थोराङ भन्ज्याङबाट मुस्ताङ र मनाङ जिल्ला पनि छुट्टिन्छ ।

अग्लो स्थान भएकाले त्यहाँ पुगेर आराम गर्ने भरियाले फ्याँक्ने विभिन्न किसिमका फोहरका कारण प्रदूषण बढ्दै गएकाले सरसफाइ गरिएको एक्याप मुक्तिनाथ चेकपोस्टका इन्चार्ज याङ्दुङ गुरुङले जानकारी दिनुभयो । दुई हप्ता लाग्ने सो पदमार्गमा आउने अधिकांश पदयात्रीको चाहना थोराङ भन्ज्याङ पार गर्नुहुन्छ । सरसफाइका क्रममा लत्ताकपडा, प्लास्टिकजन्य पदार्थ, पानीका बोतल, टिन र पालका टुक्रा बढी भेटिएका छन् ।

ती क्षेत्रमा सङ्कलन गरिएका फोहरलाई मुक्तिनाथ क्षेत्रमा रहेको डम्पिङ साइटमा जलाइएको एक्यापले जनाएको छ । गत असोज अन्तिम साता हुदहुद आँधीका कारण ज्यान गुमाएका पर्यटकको झोला, लत्ताकपडा र अन्य गम्भीर घाइते भएकाको सामान पनि त्यही क्षेत्रमा रहेका कारण फोहर बढी भएको इञ्चार्ज गुरुङले जानकारी दिनुभयो ।

“आपत्कालीन अवस्था र नयाँ गाइड आउँदा फोहर अलि बढी हुन्छ, धेरै वर्षपछि फोहर सफा गरेकाले निकै धेरै फोहर निस्केको थियो”, उहाँले भन्नुभयो, “मनाङ खण्डमा भने त्यतातिरकै सरोकारवाला निकायले गर्छ ।” रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना