बाढी प्रभावित क्षेत्रमा श्रमदान

मोरङ, असार २७ गते । नेकपा(एमाले) मोरङले बाढी प्रभावित क्षेत्र मधुमल्लामा श्रमदान गरेका छन् । एमाले मोरङ क्षेत्र नं २ का अध्यक्ष भोला अधिकारी र पार्टी जिल्ला कमिटीका सदस्य किशोर राईको नेतृत्वमा क्षेत्रभरिका पार्टी कार्यकर्ताले श्रमदान गरेका हुन् । श्रमशिविरमा एक सय कार्यकर्ताको सहभागिता छ । पथरीशनिचरे नगर कमिटी तथा बयरवन, हसन्दह र अमरदह गाउँ कमिटीका पार्टी सदस्यले बाढी प्र्रभावित क्षेत्रमा गई बाँधमा हजारौँ बोरामा बालुवा भरेर बाढी प्रभावित क्षेत्रमा तारजाली बुनेर लगाउने काम गर्दै आएका छन् । केही दिनदेखि सुरु गरिएको श्रमदान बक्राहा खोलामा तटबन्धन बाँध्ने काम नसकिउन्जेलसम्म जारी रहने एमाले मोरङले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना