नानी खेलाउने हातलाई झण्डा र ब्यानर नबोकाऊ

बुद्धवीर राई

इलाम, असार २६ गते । बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता (सका) हरुले गठन गरेको बाल विकास शिक्षक संघर्ष समितिले जिल्ला शिक्षा अधिकारीमार्पmत शिक्षामन्त्रीलाई शुक्रवार ६ बुँदे मागसहितको ज्ञापन पत्र पठाएका छन् । माग पुरा नगरिए दशकौँदेखिको धैर्यताको बाँध फुट्ने र थप संघर्षका कार्यक्रम ल्याइने उल्लेख गर्दै ज्ञापन पत्रमा ‘नानीहरुसँग खेल्ने हाम्रा हातहरुलाई झण्डा र ब्यानर बोकाउन बाध्य नपारियोस्’ भनिएको छ ।
न्यूनतम् पारिश्रमिकसमेत बिगत ८ महिनादेखि नपाएका सकाहरु आन्दोलनमा उत्रिएका हुन् । वाल विकास केन्द्रलाई विद्यालयको संरचनाभित्र समावेश गर्न, सकाको तलब र सुविधा राष्ट्रिय मापदण्डअनुसार तय गर्न, सकालाई स्थायी गरि अरु शिक्षकसरह बनाउन तथा सकाको ठाउँमा बाल बिकास शिक्षक भन्ने नाम राख्न माग गरिएको छ ।
सरकारले सकाहरुलाई मासिक तीन हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । उनीहरुले प्रत्येक दिन तीन घण्टा बालबालिकाको हेरचाह गर्दै खेल अभ्यास र पढ्ने बानी गराउनु पर्ने प्रावधान छ । कतिपय बाबिकेमा बालबालिकाको संख्या न्यून हुँदै गएको छ भने अधिकांश बाबिके नजिकको विद्यालयमा गाभिएका छन् ।
ज्ञापन पत्र बुझाउन इलामका दुईसय सका संघर्ष समितिको ब्यानरसहित जिल्ला शिक्षा कार्यालयमा भेला भएका थिए । ज्ञापनपत्र बुभ्दै जिल्ला शिक्षा अधिकारी टंक गौतमले आपूmले ज्ञापन पत्रलाई सम्बन्धित निकायमा पु¥याउने बताउनुभयो । उहाँले सकाको समस्या सबैलाई थाहा भएको भएपनि नीतिगत तहमै अप्ठ्यारो भएर संवोधन हुन नसकेको भन्दै आगामी बजेटले सकाको पारिश्रमिक केही न केही बृद्धि गर्ने, सकाको ८ महिनाको पारिश्रमिक २÷४ दिनभित्रै सकाको बैंक खातामा पठाइसकिने, सकाका मागहरु नीतिगत तहबाट नै संवोधन हुनसक्ने आश्वासन दिनुभएको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना