प्रमुख चार दलका शीर्षनेताको बैठक जारी

काठमाडौँ, असार २५ गते। राष्ट्रपति डा रामवरण यादवद्वारा प्रमुख चार दलका शीर्षनेतालाई सामसामयिक राजनीतिक विषयमा छलफलका लागि आज बिहान बोलाएको बैठक राष्ट्रपति कार्यालय शीतलनिवासमा जारी छ ।

बिहान ८ः३० बजेदेखि सुरु भएको सो बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेस जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार हुनुहुन्छ ।

संविधानको मस्यौदा आजदेखि जनतासमक्ष छलफलका लागि लैजान लागेको सन्दर्भमा बसेको सो बैठकमा अन्य विषयमा पनि छलफल हुने बताइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना