सविधान निर्माणका लागि प्रकृयामा जानुको विकल्प छैन–खनाल

Jhalanath Khanal Chairman CPN UML
काठमाडौं, पुस ४ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले ) का वरिष्ठ नेता झलनाथ खनालले संविधान निर्माणका लागि लोकतान्त्रिक प्रक्रियामा जानुको विकल्प नरहेको बताउनुभएको छ ।
संविधान निर्माणका लागि लोकतान्त्रिक प्रक्रियाको विरोध गर्नेलाई संविधान विरोधी र मुलुकमा सङ्क्रमणको अन्त्य नचाहने तŒवको सङ्ज्ञा दिंदै उहाँले संविधान निर्माणका लागि प्रक्रियामा जानबाट कसैले रोक्न नसक्ने दावी गर्नुभयो । उहाँले लोकतान्त्रिक प्रक्रिया नमान्ने राजनीतिक दल र व्यक्ति कसरी लोकतान्त्रिक हुन सक्छ ? भन्ने प्रश्न गर्नुभयो ।
प्रेस चौतारी नेपालद्वारा शुक्रबार यहाँ आयोजित अन्तरक्रियामा उहाँले भन्नुभयो, “निर्धारित समय अर्थात माघ ८ भित्र संविधान निर्माण गर्नैपर्द, एमाले यसका लागि अझै प्रतिबद्ध छ ।”
संविधान निर्माण मार्फत अहिलेसम्मका राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्नु नै अहिलेको मुख्य कार्यभार रहेको बताउँदै उहाँले भन्नुभयो, “माघ ८ भित्र संविधान निर्माणको प्रतिबद्धता कुनै दल र व्यक्तिको मात्र नभई सारा नेपालीको साझा सङ्कल्प हो । माघ ८ संविधान निर्माणको लक्ष्मण रेखा हो, ब्रह्म रेखा हो, यसलाई नाघ्न दिनुहुँदैन, यो नाघेपछि मुलुकमा अनेक समस्याहरु आउन सक्दछन् ।”

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना