संघीय गठबन्धनले आन्दोलन गर्ने

काठमाडौं, पुस ४ गते । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको संघीय गणतान्त्रिक गठबन्धनले कांग्रेस–एमालेले सहमतिमा संविधान निर्माण गर्न तयार नभएको निष्कर्ष निकाल्दै आन्दोलनको तयारीमा लाग्ने भएको छ । गठवन्धनमा आवद्ध सात पार्टीको शुक्रबार बसेको बैठकले ‘कांग्रेस र एमाले प्रतिगमनतर्फ लागेको’ निष्कर्ष निकाल्दै देशभर आन्दोलन शुरु गर्ने निर्णय गरेको हो ।
‘‘संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा उहाँहरुले ल्याउनुभएको प्रस्ताव पूर्णत प्रतिगामी छ,” मोर्चाका एक सदस्य संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले भन्नुभयो, ‘‘त्यसलाई सच्याउने र सहमतिको आधारमा संविधान जारी गर्ने विषयमा केही प्रगति हुन्छ कि भनेर हामी पर्खिरहेका थियौँ तर उहाँहरु सच्याउनुको सट्टा झनझन प्रतिगमनतर्फ जाने देखियो । त्यसैले आन्दोलनको विकल्प छैन भन्ने निष्कर्ष निकालियो ।”

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना