कारागारबाट फरार अभियुक्त पक्राउ

जलेश्वर, पुस ४ गते । सर्लाही जिल्ला कारागारबाट ३० वर्ष अगाडी फरार भएका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले जलेश्वरबाट पक्राउ गरेको छ ।

धनुषा जिल्लाको नकटाझिल ४ बस्ने वर्ष ७८ को उत्तिम लाल महतो कर्तव्य ज्यान मुद्दामा सर्लाही थुनामा रहेको बेला २०४१ सालमा कारागारबाट भागेर फरार थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको सि.नं. ७००० को संचार प्राप्त भएपछि जिल्ला प्रहरीले महतोको खोजतलाश जारी गरेका थिए ।
सोही क्रममा उनलाई जिल्ला प्रहरी कार्यालयले जलेश्वरबाट पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
पक्राउ पश्चात उनलाई आवश्यक कारवाहीको लागि सर्लाही कारागार पठाउने तयारी भइरहेको जनाइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना