बिदेशको मोह त्यागेर स्वदेशमै गाई पालनमा


होमराज रानाभाट,
नवलपरासी पुष ४ गते । सात बर्ष कोरियामा बसेर राम्रो रोजगारी गर्दै आएका नवलपरासी देबचुली २ पुर्नबासका पुरन बढाथोकी बिदेशको मोह त्यागेर स्वदेशमै पनि केहि गर्न सकिन्छ भन्ने भावानाले अहिले गाई पालनमा संल्गन भए पछि यसबाट राम्रो आम्दानी लिन सफल भएको छन् ।
पुरन बुढाथोकी सात बर्ष देखि कोरियामा रोजगारी गर्थे र मासकि एक लाख भन्दा बढि कमाउँथे तर बिदेशमा बसेर मात्रै केहि हुदैंन र स्वदेशमा नै बसेर केहि गर्न पर्छ भन्ने भावानाले बुढाथोकीले बिदेशमा पैसा कमाउन त्यागेर अहिले दुई बर्ष देखि गाईपालनमा लागे पछि राम्रो आम्दानी गर्न सफल छन् र यसैमा सन्तुष्ट भएको बुढाथोकी बताउँछन् ।
कोरियामा बसेर पनि मैले राम्रो कमाउँथें ,तर मलाई त्यसले कुनै सन्तुष्टी दिन सकेन ,घर परिबार नातागोता ,जग्गा जमीन सबैको मायाँले सतायो र पैसाको बेवास्ता गर्दै नेपाल आएँ र गाईपालनमा लागें बुढाथोकी भन्छन् बिदेशको मोह त्यागेर स्वदेशको मायाँमा नै लागें र आज स्वदेशमा नै सन्तुष्टी मिलेको छ ।
युवा ब्यबसायी बुढाथोकीले अहिले आफनै जग्गामा १८ वटा होलेस्टेन र जर्सी क्रसका गाई पालन शुरु गरि दैनिक एक सय लिटर सम्म दुध बिक्री गर्ने गरेका बताउँछन् यसबाट आधा खर्च कटाएर आधा बचाएको बुढाथोकीले बताए ।दुध बिक्री बाट गरेको आम्दानीले उनले अहिले राम्रो जग्गा जमीन जोडेका छन् भने उनले शुरुमा आठ लाख खर्च गरि गाईपालन शुरु गरेकामा अहिले सबै खर्च उठाईसकेका र दश लाख भन्दा बढि आम्दानी गरिसकेका छन् ।
बिदेश जाने युवाहरुलाई स्वदेशमा नै केहि गर्न सकिन्छ भन्ने भावाना राख्न सकियो भने र एउटा राम्रो कृषि पेशा अगाँल्न सकियो भने बिदेशमा गएर अर्काको गुलामी गर्न नपर्ने बुढाथोकी बताउँछन् र भन्छन् स्वदेशमा नै नाम छ ,ईज्जत छ,कमाई छ किन बिदेश जाने । स्वदेशमा नै केहि गर्न सकिन्छ भन्ने राम्रो उदाहरण बन्न सफल भएका छन् पुरन बुढाथोकी ।स्थानीय डिल्लीराम कडरियाले भन्नुभयो बिदेशमा गएर मुख ताक्नु पर्ने बाध्यता बाट नेपाली मुक्त हुन नसक्नु बिडम्बना भएको छ तर बुढाथोकी सबैका प्रेरणा बन्न सफल छन् र उनको पुरुषाथर््ाले सबैलाई अचम्म पारेको छ ।
दुधको मुल्य नबढ्दा किसान चिन्तित छन् बुढाथोकी भन्छन् अहिले प्रति लिटर रु ४५ रहेको दुध कमसेकम रु ५५ सम्म भयो भने पनि किसानलाई थप राहात हुने थयो ।
घरमै गाईपालन गरेका बुढाथोकीलाई यो पेशामा श्रीमति,भाई ले साथ दिएका छन् भने यो पेशाले उनीहरुलाई राम्रो आर्थिक उन्नतिका लागि टेबा मिलेको बुढाथोकीले बताए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना