जग्गाधनीलाई मुआब्जा

जाजरकोट, असार २० गते । नलगाड जलविद्युत् परियोजनाभित्र पर्ने किसानलाई मुआब्जा वितरण गरिने भएको छ । आयोजनाले पहिलो पटक खगेनकोट गाविस–१ दल्लीमा रहेका ३७ कित्ताको मात्र असार २० र २१ गतेभित्र प्रतिरोपनी रु चार लाख ७५ हजारका दरले रकम वितरण गर्न थालेको नलगाड परियोजनाका प्राविधिक शिवबहादुर खड्काले जानकारी दिनुभयो ।

नलगाड आयोजना निर्माण गर्दा ५३१ रोपनी छ आना, तीन दाम बराबरको जग्गा अतिक्रमित हुने छ । अतिक्रमितस्थलको किस्ता मुआब्जा वितरण गरिने छ । नलगाड परियोजना निर्माण गर्दा खगेनकोट गाविस–१, २ तथा सक्ला गाविस–१ लैखमको केही भूभागको जमिन प्रयोग हुनेछ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना