विवादित विषयको गाँठो फुकाउने नेतृत्व लिन सभामुखलाई आग्रह

BICC24लक्की चौधरी

        काठमाडौं, पुस ३ गते । प्रमुख राजनीतिकदलका सभासदहरुले संविधानका विवादित अन्तरवस्तुको गाँठो फुकाउने नेतृत्व संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई लिइदिन आग्रह गर्नुभएको छ ।

        संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफलमा भागलिंदै सभासदहरुले विहिबार त्यस्तो आग्रह गर्नुभयो ।

      प्रतिवेदनमाथि धारणा राखेरमात्रै समस्या समाधान नहुने भन्दै सभासदहरुले विवादित विषयलाई निस्कर्षमा पु¥याउने गरी केही उपाय निकाल्न अध्यक्ष नेम्वाङ्सँग आग्रह गर्नुभयो । “संवाद समितिको विवादित विषय पोको पारेर संविधानसभामा सार्ने काम मात्रै भयो, धारणा राखेर पोकोको गाँठो फुक्दैन, अध्यक्षज्यूले गम्भीरतापूर्वक नेतृत्व लिइदिनु प¥यो” सभासदहरुले आग्रह गर्नुभयो ।

        सभासदहरुको त्यस्तो आग्रहमा अध्यक्ष नेम्वाङ्को “राजनीतिकरुपमा सहमति गरेर आउनुस् गाँठो फुकाउने उपाय निस्किन्छ” भन्ने जवाफ छ । गाँठो फुकाउने कुनै गाह्रो काम होइन, दलीय सहमति भए तत्काल गाँठो फुकाउन सकिन्छ अध्यक्ष नेम्वाङ्ले गोरखापत्रसँग भन्नुभयो । “संविधानसभा नियमावलीमा सभालाई सहयोग गर्ने आवश्यक समिति बनाउन सक्ने प्रावधान छ तर त्यसका लागि पनि राजनीतिक सहमति चाहिन्छ” उहाँले भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना