खोलाले बगाएर एकको मृत्यु एक बेपत्ता

इलाम, असार १६ गते । गएराति परेको अबिरल वर्षासँगै खोलामा आएको बाढीले बगाएर इलाममा एकको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । झापाको दमक जाने क्रममा आज बिहान रतुवा खोलामा आएको बाढीले बगाएर चुलाचुली–६ का ४८ वर्षीय फूर्वा शेर्पाको मृत्यु भएको हो ।

त्यस्तै माइखोलामा आएको बाढीले बगाएर महमाई–९ का ५३ वर्षीय सूर्यकुमार राईलाई पनि बगाएको छ ।

शेर्पाको शव भेटिएको छ भने राईको अवस्था अझै थाह हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर पौडेलले जानकारी दिनुभयो । शेर्पाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने प्रहरीले जनाएको छ । अबिरल वर्षात्का कारण यहाँका खोलाखोल्सीमा पानीको बहाव अत्यन्तै बढेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना