उपराष्ट्रपति झाद्वारा नवलपरासीका धार्मिक ऐतिहासिकस्थलमा पूजाअर्चना

परासी, असार १५ गते । उपराष्ट्रपति परमानन्द झाले आज बिहान नवलपरासीका विभिन्न धार्मिक ऐतिहासिकस्थलमा पूजाअर्चना गर्नुभएको छ ।उहाँले नवलपरासीको पाल्ही भगवती, त्रिवेणीधामलगायत मठमन्दिरमा पूजाअर्चनाका साथै भगवान् गौतमबुद्धको अष्ठी धातु रहेको रामग्राम स्तुपको समेत अवलोकन गर्नुभयो ।

सोक्रममा उपराष्ट्रपति झाले विभिन्न धार्मिक ऐतिहासिकस्थलको अवलोकनका साथै सोबारे जानकारीसमेत लिनुभएको थियो । नवलपरासीलाई खुला दिसामुक्त क्षेत्र जिल्ला घोषणासभामा भाग लिन उपराष्ट्रपति झा आज यहाँ आउनुभएको हो ।

उपराष्ट्रपति नवलपरासी आउनुभएपछि सुरक्षा व्यवस्था निकै कडा पारिएको सुरक्षा स्रोतले जनाएको छ । उपराष्ट्रपति झा आजै साँझ भैरहवाबाट काठमाडाँै फर्किने कार्यक्रम रहेको छ । नवलपरासीका–६ नगरपालिका र ५९ गाविस खुला दिसामुक्त भएपछि जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न लागिएको हो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना