डडेल्धुरामा खोप अभाव

डडेल्धुरा, पुस ३ गते । स्वास्थ्य सेवा बिभागको लापरवाहीका कारण डडेल्धुरा जिल्लामा बालबालिकालाई लगाइने निशुल्क खोप नहुँदा गम्भीर सस्या उत्पन्न भएको छ ।

“महत्वपूर्ण खोप सकिएको २ महिना बितिसकेको छ ’ जनस्वास्थ्य कार्यालय डडेल्धुराका खोप अधिकृत भोजराज भट्टले भन्नुभयो, अन्य खोप पनि थोरै मात्र बाँकी रहेको छ । डडेल्धुरामा २ महिना देखि जन्मे देखि १ बर्ष सम्मका वालबालिकालाई लगाउने खोप छैन् , बिसीजी खोप संगै अन्य नभइ नहुने बिभिन्न खोप पनि २ महिनाका लागि मात्र बाँकी रहेको छ । खोप अधिकृत भट्टले भन्नुभयोे बिभागले टेण्डर खोली खरिद गरेपछि क्षेत्रीय मेडीकल स्टोर बाट खोप आयात हुने गरेको छ ।

बिभागमै खोपको अभाव भएको जानकारी पाएका छौं उहाँले भन्नुभयो “हरेक २ महिनामा खोप ल्याउने गरिएकोमा पछिल्लो २ महिना यता खोप आउन सकेको छैन् ” । डडेल्धुरा जिल्लामा ९० खोपकेन्द्र मार्फत हरेक महिना झण्र्डै ३ हजार ५ सय भन्दा बढी बालबालिकालाइ नियमित खोप लगाउने गरिएको छ । जिल्लामा खोप लगाउने उमेरका ५ हजार बालबालिका रहेका छन् जोशीले जानकारी दिँदै भन्नुभयो केन्द्रमा खरिद गर्न नसकीएका कारण खोप अभाव भएको हुन सक्छ । डडेल्धुरा जस्तो दुर्गम भुगोल भएका गाउँ गाउँमा खोप पुगाउनै लामो समय लाग्ने गरेको छ जोशीले भन्नुभयो समयमा खोप आयात हुन नसक्दा झन समस्या उत्पन्न हुने गरेको छ ।

जन्मे देखि १ बर्ष सम्म लगाइने खोप नहुँदा बालबालिका नराम्रो सँग प्रभावित भइरहेको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । यो महत्वपूर्ण खोप हो स्वास्थ्यकर्मी प्रेमबहादुर महरले भननुभयो यो खोप नहुँदा बालबालिका दीर्घकालीन असर पर्न सक्छ । धनुष्टंकार जस्तो गम्भीर रोगको बिरुद्ध दिइने खोपमा राज्यका निकाय गम्भीर हुन नसक्दा बालबालिका प्रभावित हुन थालेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना