कोबाने सहर पुनः फिर्ता

दमासकास, असार १३ गते । आतङ्ककारी समूह इस्लामिक स्टेट आइएस ले बिहीबार कब्जा गरेको सिरियाको अर्को एक कोबाने कुर्दिस विद्रोहीले पुन आफ्नो नियन्त्रणमा लिन सफल भएका छन् । प्राप्त समाचारअनुसार आइएसले सिरियाको उत्तरपूर्वी सहरमा प्रवेश गरी सो सहर कब्जा गरेका थिए । उक्त नगर कब्जा गरेपछि कुर्दिस विद्रोही र आइएसका बीचमा भिडन्त भएको थियो ।

सिरियाको उत्तरपूर्वी सहर कोबानेमा उनीहरू प्रवेश गरी कब्जा गरेका थिए । उक्त सहर कब्जा गर्ने क्रममा गएको बिहीबारसम्ममा कम्तीमा पनि १७४ जना सर्वसाधारण मारिएका थिए । पछि कुर्दिश विद्रोहीले शनिबार उक्त नगर कब्जामा लिएका छन् । समाचारमा जनाइएअनुसार उक्त नगर कब्जाका लागि उनीहरूले ठूलो भिडन्त गरेका थिए ।

भिडन्तमा परी सिरियाका दर्जनौँ सैनिक पनि मारिएका छन् । साथै उक्त भिडन्तमा परी कैयौँ आइएस लडाकूसमेत मारिएका बताइएको छ । उक्त नगर यसअघि कुर्दिश विद्रोही समूहले नियन्त्रणमा राखेका थिए । गएराति अकस्मात् कुर्दिसले नै सो नगरमा हमला गरेका हुन् ।

आइएस र सिरियाली सैनिकबीच गएराति रातभर दोेहोरो गोली हानाहान भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । रासस/एएफपी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना