गजेन्द्रनारायण पत्रकारिता पुरस्कार अनल र मिश्रलाई

सप्तरी, असार १० । मधेसी पत्रकार सङ्घले यस वर्षको ‘गजेन्द्रनारायण सिंह पत्रकारिता पुरस्कार अनिलकुमार अनल(सप्तरी) र र गत वर्षको पुरस्कार इन्द्रकान्त मिश्र(काठमाडौँ) लाई प्रदान गर्ने भएको छ ।

सङ्घका अध्यक्ष कुमारविवेकान्द मिश्रद्वारा जारी विज्ञप्तिमा दुवै पत्रकार लामो समयदेखि पत्रकारिता क्षेत्रमा रही क्रियाशील भएर पत्रकारिता र मधेसी समुदायको हकहितका लागि मार्गदर्शकका रुपमा रहेको जनाइएको छ । यसैगरी ‘सहिद रमेश महतो युवा पत्रकारिता पुरस्कार’ २०७१ र २०७२ क्रमशः सिरहाका मिथिलेश यादव र बाँकेका सलमान खाँलाई प्रदान गरिने भएको छ ।

यस्तै ‘उमा सिंह महिला पत्रकारिता पुरस्कार’ २०७१ का लागि पर्साका माधुरी महतो र २०७२का लागि धनुषाका ज्योत्सना कर्णलाई चयन गरिएको छ । ती पुुरस्कारको राशि रु ११ हजार १०० छ ।  रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना