पाहुनाद्वारा भूकम्पले क्षति पु¥याएको साँखु अवलोकन

pahunaकाठमाडौँ, असार ९ गते । नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन यहाँ आउनुभएका विशिष्ट पाहुनाले भूकम्पबाट क्षति भएको ऐतिहासिक साँखु सहरको आज अवलोकन गर्नुभयो ।

वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्प र पटक पटकको परकम्पले सो क्षेत्रका अधिकांश भवनमा क्षति पु¥याएको छ । विशिष्ट पाहुनाले सो सहरका आठवटामध्ये सुनटोल, ढोकाहिटी, चलाखु र सल्खा टोलको अवलोकन गर्नुभएको थियो ।

विशिष्ट पाहुनाहरुलाई हेलमेट, पञ्जा, मास्क र ज्याकेट लगाई सो क्षेत्रको अवलोकन गराइएको थियो । सम्मेलनमा भागलिन आउनुभएका भुटान, श्रीलङ्का, अस्ट्रेलिया, नर्वे, विश्वबैंक, डेनमार्क, फिनल्यान्ड, जाइका, एसियाली विकास बैंकलगायतका ४० विशिष्ट अतिथिले सो अवसरमा अवलोकन गर्नुभएको थियो ।

बडो उत्सुकतापूर्वक उहाँहरुले ती क्षेत्रका ऐतिहासिक महत्वका बारेमा जानकारी लिनुभएको थियो । अर्थमन्त्रालयका सहसचिव सूर्य आचार्य र साँखु पुनःनिर्माण समितिका अध्यक्ष सुरेश प्रधानले विशिष्ट अतिथिलाई सो क्षेत्रका बारेमा जानकारी गराउनुभएको थियो । उहाँहरुले यहाँस्थित भाग्योदय उच्च माविमा विशिष्ट पाहुनालाई स्वागत गर्नुभएको थियो ।

विशिष्ट पाहुनाहरुले स्थानीय जनतासित भूकम्पले पु¥याएको पीडा, दुःखका बारेमा कुराकानीसमेत गरेका थिए । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना