सप्तरीमा कठ्याङग्रिएर दुईको मृत्यु



सप्तरी, पुस २ गते । अत्याधिक चिसोबाट सप्तरीमा कठ्याङग्रिएर दुई जनाको मृत्यु भएको छ ।
मंगलबार राति सप्तरीको बनैनियाँ गाविसमा एक जना बृद्धको मृत्यु भएको हो ।
सो गाविस वडा नं. २ निवासी ७० वर्षिय चन्देश्वर खंगको चिसोबाट मृत्यु भएको परिवारजनले बताएका छन् ।
विगत केही दिनदेखी तराईका जिल्लाहरुमा बढेको चिसोका कारण जनजिवन कष्टकर बन्दै गएको छ । यसअघि शुक्रबार राती सप्तरीको बरही विरपुर ९ निवासी ७० वर्षिया सितादेवी मण्डलको पनि चिसोबाट मृत्यु भएको थियो ।

न्यानो कपडा र कम्बल वितरण
विगत केही समय यता तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसो र शितलहरबाट जोगिन न्यानो संसार अभियान अन्तर्गत नेपाल शेयर नामक संस्थाले सप्तरीको २० ठाउँमा तीन हजार कम्बल वितरण गर्ने भएको छ ।
प्रहरी महिला संघको सहकार्यमा शितलहरबाट जोगिन न्यानो संसार अभियान अन्तर्गत नेपाल शेयर नामक संस्थाले जिल्लाको कोचाबखारी, पकरी, छिन्नमस्ता, बरही बिरपुर, लालापटी, गोबरगाढा, मधवापुर, फकिरा, कोईलाडी, जोगिनिया, शम्भुनाथ नगरपालिकाको रामपुर जमुवा, बसलपुर, भगवतपुर सहितका स्थानमा तीन हजार कम्बल र न्यानो कपडा वितरण गर्ने संस्थाका मुख्य स्वयंसेवक म्याक्स दिपेन्द्र खत्रीले जानकारी दिनुभयो ।
खत्रीले मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी बुधबारदेखि कम्बल तथा न्यानो कपडा वितरण कार्यलाई शुरु गर्ने जानकारी दिनुभयो ।
उहाँले तराईका जिल्लाहरुमा विगत केही दिन यता बढेको अत्यधिक चिसो र शितलहरबाट जोगिन सप्तरीका २० स्थानमा तीन हजार र सिरहाका १७ गाविसमा २ हजार कम्बल र न्यानो कपडा वितरण गर्ने बताउँनुभयो । खासगरी चिसो र शितलहरका कारण गरीब, दलित, विपन्नको कठयाङ्गिएरम वर्षेनी सयौ जनाको मृत्यु हुने गरेकाले त्यसबाट जोगिन उनीहरुलाई गुन्द्री बनाएर ल्याउने परिवारलाई कम्मल र न्यानो कपडा वितरण गर्ने जानकारी दिनुभयो ।
उनीहरुलाई कम्बल र न्यानो कपडा वितरण गर्नुका साथै चिकित्सकहरुद्वारा चेकजाँच र औषधि समेत प्रदान गर्ने खत्रीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना