अग्र्यानिक चिया खेतीतर्फ इलामका किसान

राजु शिवा, पशुपतिनगर, पुस २ गते । अग्र्यानिक प्रमाणित भएपछि मात्र चिया विदेश निर्यात हुने भएपछि इलामका किसानहरु अग्र्यानिक चिया खेतीमा जुटेका छन् । छिमेकी भारतलगायत कतिपय युरोप तथा अमेरिकी मुलुकमा अग्र्यानिक बाहेकका चिया निकासी हुन नसक्ने भएपछि किसानहरु प्राङगारिक चिया खेतीमा लागेका हुन् । इलामको सा“खेजुङस्थित हिमालयन साँग्रिला टी प्रोड्युसर्स प्रालिमा आबद्ध ६ वटा चिया उत्पादक सहकारीको एक समूहले पूर्णरुपमा प्राङगारिक खेती पद्दति अवलम्बन गरेका छन् । हिमालयन साँग्रिलाका सञ्चालक कमलराज मैनालीले चिया उद्योगी र किसानले अब अग्र्यानिक प्रमाणित गरेर मात्र आफ्नो चिया विक्री गर्न सक्ने बताउनु हुन्छ । ‘अब अग्र्यानिक प्रमाणित नभएका चिया निकासी गर्न सकिन्न’–उहाँले भन्नुभयो–‘त्यसैले किसानहरु प्राङगारिक चिया खेतीतर्फ लागिहाल्नु पर्छ ।’ अहिले जिल्लाका ३ सय ७० किसानले २ सय १८ हेक्टर जमिनमा अग्र्यानिक चिया खेती शुरु गरेका छन् । लामकै फिक्कलस्थित सुन्दरपानीमा रहेको चिया उत्पादक कम्पनी गोर्खा टी स्टेटले आफूस“ग आबद्ध चिया उत्पादक किसानलाई अग्र्यानिक उत्पादनमा लाग्न प्रोत्साहन गरिरहेको बताएको छ । इलामलगायत देशका चार वटा चिया प्रशोधन कारखानाले अग्र्यानिक चिया उत्पादनका लागि आचारसंहिता जारी गरी सहकारी संस्थामार्फत अग्र्यानिक चिया उत्पादन गरिरहेका छन् । पा“चथरको कञ्चनजंघा र धनकुटाको गुरा“से चिया कारखानाले पनि विभिन्न मुलुकमा अग्र्यानिक चिया निर्यात गरिरहेका छन् । चिया कारखाना र किसानलाई अष्ट्रेलियामा रहेको अन्तर्राष्ट्रिय निकाय ‘नासा’ ले अग्र्यानिक प्रमाण–पत्र दिने गरेको छ । सन् २०१० देखि नासाले अग्र्यानिक चिया प्रमाणीकरण गर्न थालेको हो । हिमालयन साँग्रिलाले गत वर्È ३५ हजार किलोग्राम अग्र्यानिक तयारी चिया उत्पादन गरेको थियो । त्यसमध्ये १५ हजार किलो जर्मनी र बा“की भारत निकासी गरेको बताएको छ । उक्त वर्È १ सय ४१ किसानबाट हरियोपति संकलन गरेकोमा यो वर्È ३ सय ६० किसानबाट हरियोपति प्राप्त भएको साँग्रिलाले जानकारी दिएको छ । यो वर्È ७५ हजार किलो तयारी चिया उत्पादन गर्ने लक्ष्य कारखानाले लिएको छ । युरोपमा छाएको आर्थिक मन्दीका कारण यहा“ उत्पादित अग्र्यानिक चियाको माग केही कम भएको उत्पादक कम्पनीहरुले बताएका छन् । ‘अग्र्यानिक चिया खेती गर्ने किसान आफ्नो उत्पादनको बढी मूल्य पाउने आशा राख्छन्, तर सोअनुरुप बजारीकरण भने हुन सकेको छैन’–हिमालयनका म्यानेजर आरसी नेपालले भन्नुभयो–‘तर पनि हामीले यस्तो चिया उत्पादन तथा निकासीको प्रयत्न जारी नै राखेका छौं ।’ पछिल्लो समय अग्र्यानिक चिया उत्पादन गर्ने कम्पनीहरुले अमेरिका, जापानलगायतका तेस्रो मुलुकमा चिया निकासीका लागि पहल शुरु गरेको उहाँले जानकारी दिनुभयो । केन्द्रिय चिया उत्पादक सहकारी संघ नेपालले किसान, कारखाना र व्यापारीबीच समन्वय गरी अग्र्यानिक चिया उत्पादनमा प्रोत्साहन गर्ने कार्य गर्दै आएको संघका अध्यÔ गोविन्द दाहाल बताउनु हुन्छ । ‘सन् २०१५ देखि भारतले पनि दार्जिलिङ्गका सबै ८७ वटा चिया कमानमा अग्र्यानिक उत्पादन गर्ने र अग्र्यानिक बाहेकका चिया भित्रन नदिने बताइसकेको छ’–उहाँले भन्नुभयो–‘त्यस कारण पनि अब अग्र्यानिक बाहकेका उत्पादनको अर्थ छैन ।’ नेपालमा हालसम्म करीब १० प्रतिशत चिया उत्पादक Ôेत्रका किसानले मात्रै अग्र्यानिक प्रमाणीकरण गरेको संघले जानकारी दिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना