सोह्रबुँदे सम्झौता खारेज नभए आन्दोलन 

C.P.GajurelMaoist leaderगोलबजार (सिरहा), असार ४ गते । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले चार दलले गरेको १६ बुँदे सम्झौता खारेज नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

सिरहाको लहानमा आज बिहान सो पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले १६ बुँदे सम्झौताको आधारमा संविधान जारी भए आगो लगाउने बताउनुभयो । उहाँले भन्नुभयो– “१६ बुँदे सम्झौताको विरोध गर्ने शक्तिहरुसँग छलफल जारी छ । उक्त पार्टीहरुसँग कार्यगत एकता गरेर हामी आन्दोलनमा जान्छौँ ।”

उहाँले १६ बुँदे सम्झौता गरेर चार दलले जनतालाई दिनदहाडै ठगेको, धोका दिएको र विश्वासघात गरेको बताउनुभयो । उहाँले उक्त सम्झौताका आधारमा बन्ने संविधान पश्चगामी हुने धारणा राख्दै त्यसको विरोधमा उत्रन जनतालाई आग्रह पनि गर्नुभयो ।

“बहुदलीय संसदीय व्यवस्थाकै विरुद्धमा हामीले १० वर्षे जनयुद्ध लड्यौं”, उहाँले भन्नुभयो – “तर फेरि त्यही संसदीय व्यवस्था कायम राख्न सम्झौता भएको छ । यो आपत्तिजनक छ । पुष्पकमल दाहालले सम्झौतामा हस्ताक्षर गरेर जनतालाई धोका दिनुभएको छ ।”

दाहालले क्रान्तिसँग विश्वासघात गरेको भनी आक्रोश पोख्दै उपाध्यक्ष गजुरेलले अब एनेकपा (माओवादी)सँग पार्टी एकता नहुने बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना