डाँफे लोप हुने अवस्थामा

Danfeभीमदत्तनगर, असार ४ गते । अछाम जिल्लाको रामारोशन क्षेत्रमा पाइने राष्ट्रिय चरा डाँफे लोप हुने अवस्थामा पुगेको छ । जिल्लाको अति विकट मानिने सो क्षेत्रको संरक्षण सम्वद्र्धनमा सम्बन्धित निकायको ध्यान नपुगेपछि जिल्लाको एकमात्र स्थानमा पाइने राष्ट्रिय चरा डाँफे लोप हुने अवस्थामा पुगेको स्थानीय समाजसेवी गोविन्द साउदले बताउनुभयो ।

जिल्लाको पर्यटकीय क्षेत्र मानिएको रामारोशनको जङ्गलमा डाँफेले आफ्नो वासस्थान बनाउँदै आएका थियो । ठूलो सङ्ख्यामा बस्दै आएको सहजै देख्न सकिने रामारोशनमा आजभोलि विरलै मात्रामा देखिने गरेको स्थानीयवासी कालीबहादुर बुढाले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना