नेकपा (एमाले) द्वारा बसन्तपुर र पशुपतिक्षेत्रमा सरसफाइ

Hanuman dhoka sarsafai_KP Oli (2)काठमाडौँ, जेठ ३१ गते । नेकपा (एमाले) ले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षति भएका बसन्तपुर–हनुमानढोका क्षेत्रमा सरसफाइ गरेको छ । आज बिहान बसन्तपुर दरबार क्षेत्रमा जम्मा भई ऐतिहासिक विश्व सम्पदा क्षेत्र, मठ–मन्दिर तथा देवालयको सरसफाइ गरेको हो ।

सरसफाइको उद्घाटन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक मठ–मन्दिरका काठ सुरक्षित स्थानमा राख्न पंक्तीमा पास गरेर गर्नुभयो । सरसफाइ कार्यक्रमअन्तर्गत बसन्तपुर र हनुमानढोका बहिर रहेका मठ–मन्दिर, देवालयका काठपातहरु सुरक्षित स्थानमा राख्ने र आसपासमा सफाइ गर्ने कार्यक्रम रहेको पार्टीका सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।

सरसफाइ कार्यक्रममा नेकपा (एमाले) का पार्टी अध्यक्ष ओलीसहित नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत पदाधिकारीको उपस्थिति रहेको थियो । पार्टीले उपत्यकामा भएका सबै भातृसङ्गठनलाई केन्द्रीकृत गरी सरसफाइमा लगाएको हो । पार्टीका भातृसङ्गठनहरु अखिल नेपाल किसान सङ्घ, अखिल नेपाल महिला सङ्घ, युवा सङ्घ नेपाल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), काठमाडौँ, भक्तपुर र ललितपुरमा पुनः निर्माणमा खटिएका टोली पनि सरसफाइमा खटिएका छन् ।

यसैबीच, नेकपा (एमाले) का नेता तथा कार्यकर्ताले भूकम्पबाट क्षति भएका पशुपति क्षेत्रका ऐतिहासिक विश्वसम्पदा क्षेत्र तथा मठ–मन्दिरमा पनि सरसफाइ गरेका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना