कैलालीमा पाँच क्रिकेट खेलाडीलाई छात्रवृत्ति

धनगढी, जेठ ३१ गते । यहाँ हालै आयोजित क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कैलालीका पाँचजना खेलाडीलाई धनगढी क्रिकेट एकेडेमी ९डिसिए०ले छात्रवृत्तिमा प्रशिक्षणको व्यवस्था गरेको छ । छात्रवृत्ति पाउनेमा त्रिनगर उच्च माविका विशाल सुनार, ग्ली एकेडेमी स्कुलका सङ्गम खड्का, ऐश्वर्य विद्यानिकेतनका राजन सिंह र नारायण जोशी तथा स्टेपिङ्ग स्टोन इङ्गलिस स्कुलका पारस रावल रहेका छन् ।

यी विद्यार्थीलाई एक वर्ष निःशुल्क प्रशिक्षणको व्यवस्था गरिएको एकेडेमीले जनाएको छ । क्रिकेटमा नवप्रतिभाको खोजी गर्ने उद्देश्यले हालै डिसिएले इन्टरस्कुल क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । छात्रवृत्तिमा प्रशिक्षणका लागि छनौट हँुदा खेलाडीहरु खुशी भएका छन् । छात्रवृति पाएका सङ्गमले डिसिएले दिएको यस अवसरलाई पूर्ण सदुपयोग गर्दै आफूमा भएको क्रिकेट प्रतिभालाई थप निखार्ने प्रतिबद्धता जनाएका छन् ।

धनगढी क्रिकेट एकेडेमीले क्रिकेट खेलको विकासका लागि बिगत केही महिनादेखि निरन्तररुपमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

धनगढी नगरपरिषद्को बैठकले पनि धनगढीलाई क्रिकेट सहरको रुपमा विकास गर्ने निर्णय गरेसँगै क्रिकेट खेलका गातिविधिसमेत बढ्न थालेका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना