मिस नर्स नेपाल छानिएका

Aashma Thapa 08काठमाडौं । मिस नर्स नेपालका लागि ४५ जना प्रतियोगी छानिएका छन् । देशभरबाट चार सय ५० सहभागीबीच सो छनोट गरिएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले जनाएको छ ।
नर्सिङ पेशामा आवद्ध युवतीलाई समाजप्रति उत्तरदायी र पेशाप्रति थप जिम्मेवार बनाउने उद्देश्यसहित सो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको दावी छ । प्रतियोगीतामा कोरियोग्रार्फर रोजिन शाक्यले विभिन्न प्रशिक्षण दिइरहनुभएको छ । प्रशिक्षणका क्रममा पेशा व्यवस्थापन, करियर काउन्सिलिङ सि.पि.आर महिला शसक्तिकरण उद्घोषण लगायतका विभिन्न तालिम पनि दिइने आयोजक नेक्स्ट मोडल्स्का रवि धमलाले जानकारी दिनुभयो । प्रतियोगीताको १९ पुसमा फाइनल स्पर्धा हुनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना