बाढि पहिरोले सास्ती

संखुवासभा, जेठ २९ गते । बुधबार राती परेको बर्षा पछि खोलामा आएको बाढिले जिल्लाका करिब दर्जन भन्दा बढि झोलुङ्गे पुल बगाएको छ । बाढि पहिरोले भौतिक संरचनामा समेत क्षति पुगेको छ ।
बेलुकी करिब ८ बजे तिर संखुवाखोलामा आएको बाढिले ताम्कु ७ र बाला ६ जोड्ने पुल, ताम्कु ८ र बाला ८ जोड्ने, ताम्कु ९ र बाला ९ जोड्ने पुल बगाएको हो । त्यसै गरि पावाखोला ४, ५, ६ र ७, ८, ९ जोड्ने चासुवाटारको एक सय मिटर लामो झोलुङ्गे पुल बाढिले बगाएको छ । पावाखोला गाविस कै ईरखुवा खोलामा बन्दै गरेको पुल समेत बगाएको गाविस सचिब महेन्द्र पराजुलीले जानकारी दिनुभयो । बाढिले चैनपुर नगरपालिका र जलजला गाविस हुदै बग्ने हेवाखोलाको पुल समेत बगाएको छ । हेवाखोलाको मुहान क्षेत्रको बाँदरमुखे भीरमा ठुलो पहिरो गएपछि जलजला १ र चैनपुर १ जोड्ने पुल, जलजला १ कै टाँडेबाट चैनपुर १ तर्ने पुल र आसपासको ४ वटा पुलहरु बगाएको छ ।
संखुवाखोलामा आएको बाढिले ताम्कु–७ मा रहेको खोङ्लुवा खोला लघु जलविद्युत आयोजनाको पावर हाउस समेत बगाएको छ । खाँदवारी १३ मा रहेको क्रसर मेसिनमा पनि सभाखोलामा आएको बाढीले क्षति पुराएको छ । बाढी कै कारण चैनपुर र वाना बिचमा रहेको अरुण हाईड्रोपावरमा पनि क्षति पुराएको छ । नुम १ मा रहेको ईन्दुवा खोलाको छेउछाउमा पहिरो गएर क्षति पुराएको स्थानियले बताएका छन् । पावाखोलामा रहेको कारमाराङ खोलाले धार परिवर्तन गरेर सिरुटार बस्तिमा पसेको स्थानिय बसन्त कोरङ्गी गुरुङले जानकारी गराउनुभयो । गाउँ नै बाढि पसेपछि अहिले सिरुटार बासीले गाउँ छोडेर अन्यत्र नै बस्दै आएका छन् ।
जिल्लाको प्राय सवै क्षेत्रमा बाढि पहिरो आए पनि मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना