कृषि क्षेत्रमा लाग्न युवालाई आग्रह

Hari parajuliकाठमाडौँ, पुस १ गते । कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले रोजगारी र उद्यमशीलता विकास गरेर तल्लोस्तरका जनताको जीवनस्तर माथि उकास्न आर्थिक स्थितिमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

अखिल नेपाल किसान महास¬ङ्घ काठमाडौंँको आयोजनामा उद्यमशीलता विकासका लागि सोमबार भएको छलफलमा उहाँले कृषि क्षेत्रमा लाग्न युवालाई आग्रह गर्नुभयो । “सरकारले प्रविधिको उच्चतम प्रयोग गरी उत्पादन लागत घटाउन मेसिन उपकरणमा एक प्रतिशत मात्रै भन्सार कर लाग्ने व्यवस्था गरेको छ, केही अत्यावश्यक मेसिन औजारमा लाग्ने खर्चको ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ ।”

प्रविधिको प्रयोग गरेर उत्पादन लागत घटाउन सकिए कृषकलाई लाभ हुनेमा उहाँले जोड दिनुभयो । सरकारले भूमिहीन किसान, मुक्तकमैया, स्थानीयस्तरका कृषक र कृषि क्षेत्रमा आकर्षित युवालाई लक्ष्य गरी अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

सभासद् रामेश्वर फुयाँलले कृषि क्षेत्रमा ठूलो सम्भावना भए पनि राज्यले उचित वातावरण सिर्जना गर्न नसकेको बताउनुभयो । “कृषि क्षेत्र पनि सम्मानको क्षेत्र हो तर यसलाई सम्मानित पेसाका रुपमा हेरिँदैन, नेपालको उच्च वैदेशिक पलायनलाई रोक्न र युवालाई यसप्रति आकर्षित र स्थापित गर्न हौसला र प्रोत्साहनको आवश्यकता छ ”उहाँले भन्नुभयो ।
रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना