विवादित बाँकी विषयमा सहमति गर्न उपसमिति गठन

काठमाडौं, जेठ २७ गते । संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानका सहमति हुन बाँकी विषयमा सहमति खोज्न उपसमिति गठन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले संविधानका विवादित अन्तर्वस्तुमाथि पूर्ण बैठकमा छलफल गर्दा समय लाग्ने भन्दै सभासद् पूर्णबहादुर खड्काको संयोजकत्वमा छ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

उपसमितिको सदस्यमा गोकर्ण विष्ट, कृष्णबहादुर महरा, दिलनाथ गिरी, गोपाल दहित र प्रेमबहादुर सिंह रहेको समितिका सभापति डा बाबुराम भट्टराईले जानकारी दिनुभयो ।

समितिले सहमति हुन बाँकी रहेका विषयमा सहमति कायम गरेर प्रतिवेदन भोलिसम्म संविधानसभामा पठाउनुपर्ने भएकाले उपसमितिले आज ४ बजेसम्म सहमतिको प्रस्ताव बनाएर ल्याउने र समितिले छलफल गरी आजै टुङ्गो लगाउने उहाँले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना