व्यवस्थित निर्माणमा जुटौंँ : राष्ट्रपति यादव

Ram baranगोरखाबजार, जेठ २६ गते । राष्ट्रपति डा रामवरण यादवले एकताबद्ध भएर मुलुकको पुनःनिर्माणमा जुट्न सबैसँग आग्रह गर्नुभएको छ । हालैका भूकम्पले गाउँ र बस्ती ध्वस्त बनाएको उल्लेख गर्दै उहाँले अब व्यवस्थित रुपमा नवनिर्माणलाई अघि बढाउन सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । “एकताबद्ध भएर मिलेर अघि बढौँ, व्यवस्थित निर्माणमा जुटौँ,” भूकम्पले पु¥याएको क्षति अवलोकन गर्न आज गोरखा सदरमुकाम आउनुभएका यादवले भन्नुभयो – “अब सबैले भूगोल र माटो अध्ययन गरेर घर बनाउनुपर्छ ।”

उहाँले भूकम्पजस्तो प्राकृतिक प्रकोप आइराख्ने भएकाले व्यवस्थित बस्ती बसालेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “संविधान निर्माणको बाटो खुलेको छ । अब छिट्टै संविधान निर्माण हुन्छ र देश विकासको पथमा लम्कने छ ।”

मनसुनअगावै अस्थायी प्रकृतिको ओत लाग्ने टहरो निर्माण गर्नुपर्ने सुझाव राष्ट्रपति यादवको छ । “म त ट्याब्लेट डाक्टर हुँ,” उहाँले भन्नुभयो – “इञ्जिनियरहरु, भूगर्भविद्हरु लगाएर भूगोलको परीक्षण गर्नुपर्छ । बस्ती बसाल्न हुने÷नहुने यकिन गर्नुपर्छ ।”

प्राकृतिक पर्यावरणलाई बिगार्न नहुने जिकिर गर्दै राष्ट्रपति यादवले भन्नुभयो – “हिमाल र पहाडका ध्वस्त बस्तीलाई पुनःनिर्माण गर्नुपर्छ । प्राकृतिक सम्पदामा क्षति नपु¥याई व्यवस्थित बस्ती विकासमा हामी सबै जुटौंँ ।”

भूकम्प प्रतिरोधात्मक घर बनाउनुपर्नेमा उहाँको जोड छ । भूकम्पलाई भूत र प्रेतसँग तुलना गर्दै राष्ट्रपति यादवले भन्नुभयो – “भूकम्प भूत होइन प्रेत हो । भूत लाग्यो भने धामीझाँक्री लगाएर भगाउन त सकिएला । तर प्रेतलाई झाँक्रीले भगाउन सक्दैन ।”

भूकम्पले व्यवस्थित बस्ती विकास गर भन्दै ‘ढोका ढक्ढक्याउने’ काम गरेको राष्ट्रपति यादवको भनाइ थियो । हेलिकप्टरबाट बिहान गोरखा सदरमुकाम आउनुभएका राष्ट्रपति यादव भैरवी दल गणभित्र आयोजित कार्यक्रममा सरिक हुनुभएको थियो ।

भूकम्पपछिको उद्धार, राहत वितरण र त्यसमा देखिएका चुनौतीबारे गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले राष्ट्रपति यादवलाई जानकारी गराउनुभएको थियो । अहिले उहाँ भूकम्पले पु¥याएको क्षतिबारे स्थलगत अवलोकन गर्न सौरपानी गाविस जानुभएको छ ।

राष्ट्रपति यादवसँगै अर्थमन्त्री डा रामशरण महत, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेकपा ९संयुक्त० का नेता चन्द्रदेव जोशी पनि हुनुहुन्छ । सौरपानीपछि भ्रमण दलको आजै धादिङ जिल्ला जाने कार्यक्रम छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना