सबैको सहयोगले मुलुक अगाडि बढोस् : प्रम

Sushil daiकाठमाडौँ, जेठ २६ गते । प्रधानमन्त्री सुशील कोइरालाले सङ्कटका समयमा सबैको सहयोगले मुलुक अगाडि बढोस् भनेर नै राजनीतिक दलहरु एकताबद्ध भएर संविधान निर्माणमा सहमतिमा पुगेको बताउनुभएको छ ।उहाँले बालुवाटारमा आज आयोजित कार्यक्रममा भूकम्पपीडितको सहयोगका लागि दैवीप्रकोप उद्धार कोषमा विभिन्न सङ्घसंस्थाले दिएको राहत रकम बुझ्दै बताउनुभएको हो ।

नेपाल टेलिभिजनबाट रु सोह्र लाख

भूकम्पपीडितको राहत र पुनःस्थापनामा सघाउनका लागि नेपाल टेलिभिजनले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु १६ लाख २३ हजार प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका निमित्त महाप्रबन्धक दीपकमणि धितालले सो रकम उल्लिखित चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

यु आनन्द गुरुबाट रु दश लाख

गुरु पण्डित यु आनन्दले भूकम्पपीडितका लागि रु १० लाख सहयोग गर्नुभएको छ । सो अवसरमा गुरु आनन्दले आफूले गोरखाका भूकम्पपीडितका लागि ५०० थान पाल, ५०० थान कम्बल, खाद्यान्न र विद्यार्थीका लागि दुई हजार जोर पोसाक र लेखन सामग्री सहयोग गर्नाका साथैे भूकम्पले क्षतिग्रस्त भएका विद्यालयको पुनःनिर्माणका लागि रु २० करोड खर्च गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

गुर्खाज रेस्टुराँ र महालक्ष्मी मन्दिरबाट सहयोग
भूकम्पपीडितको सहयोगका लागि सिडनहेम रोड लन्डनमा गुर्खाज रेस्टुराँ सञ्चालन गरेर बस्नुभएका बालजङ्ग अर्यालले कोषका लागि रु पाँच लाख ७६१ को चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभयो ।

भूकम्पपीडितको सहयोगका लागि लन्डनको अनर ओएक पार्र्क फरेस्ट हिलमा अवस्थित महालक्ष्मी विद्याभवन ९मन्दिर०ले रु तीन लाख १२ हजार ६३० प्रदान गरेको छ । सो रकमको चेक संस्थाका तर्फबाट बालजङ्ग अर्यालले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

एनआरएन कोरियाबाट सहयोग

गैरआवासीय नेपाली सङ्गठन दक्षिण कोरियाका अध्यक्ष विनोद कुँवरले रु एक लाख ११ हजार १११ को चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो । कुँवरका अनुसार एनआरएनए कोरियाले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, गोरखा, नुवाकोट, काभ्रेपलाञ्चोक र म्याग्दीमा त्रिपाल, जस्तापाता र खाद्य सामग्री वितरण गरिसकेको छ । संस्थाले सिन्धुपाल्चोकस्थित कुपकन्या माविलाई रु एक लाख आर्थिक सहयोग गरेको तथा सतीदेवी उच्च माविलाई जस्तापाता दिएको छ ।

एनआरएनए कोरियाले म्याग्दी जिल्लामा बाढीबाट प्रभावित २६ परिवारका लागि अस्थायी वासस्थान निर्माण गर्ने निर्णय पनि गरेको छ । एनआरएनएले सञ्चालन गरेको राहत सङ्कलन तथा वितरण अभियानमा कोरियाका सपोर्ट नेपाल फाउन्डेसन, ह्युमन राइट एसिया फोरम, नेपाल विद्यार्थी समाज, योङस्टार ग्रुप, वुमन फर वुमन, एनआरएनए दक्षिण कोरिया क्षेत्रीय समिति ख्वाङ्जु÷किम्हे र योङ्छन नेपाली समाजलगायतको सहयोग र समन्वय रहेको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना