शिक्षा सुध्रिए मात्रै राष्ट्र सुध्रिने : शिक्षामन्त्री

Chitralekha-Yadav_20140522054833जिवछ यादव लहान, पुस १ गते । शिक्षामन्त्री चित्रलेखा यादवले शिक्षा सुध्रिए मात्रै राष्ट्र सुध्रिने भएकोले शिक्षामा सुधार ल्याउन महिलाहरु पनि अगाडि आएर सश्क्त भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भएको छ । 

नेपाल राष्ट्रिय मारवाडी महिला संगठनको छैठौ सधारण सभालाई प्रमुख अतिको रुपमा सम्वोधन गर्दै यस्तो बताउनु भएको हो । उहाँले तिन अक्षरवाट बनेको महिला शव्दलाई अर्थउनु हुदैं म भनेको ममतामयी , हि मनेको हिम्मत र ल भनको समाज र राष्ट्रको लाज राख्ने शक्ति भएकोले महिलाहरु घरको कामकाजमा मात्रै सिमित नभएर समाज र राष्ट्र निर्माणमा पनि लाग्न अग्रसर भईरहेको अवस्थामा माडवाडी महिला समाजको सक्रियताको सराहना पनि गर्नु भयो ।
शिक्षा नीति प्रर्याप्त रहे पनि त्यसको कार्यान्वयन नभईरहेकोले चाहिएको जति शिक्षा क्षेत्रमा सुधार हुन सकेको छैन । सुधारको लागि महिला र युवाहरु वढी सक्रियता देखाउनु पर्छ , त्यो संभावना माडवाडी समुदायमा आफूले मन्त्री भएपछि अनुभव गरेको होईन, विधार्थीकालदेखि नै माडवाडी समुदायसंगको संगतवाट बुझेको मन्त्री यादवले भन्नुभयो ।
एउटा महिला शिक्षित भए घर परिवार मात्रै होईन, त्यसको असर समाज र राष्ट्रको लागि पनि पर्ने भएकोले महिला शिक्षामा जोड दिन सवैले उत्तिकै ध्यान दिनु पर्ने मन्त्री यादवले सुझाव दिनु भयो । महिला भित्र लुकेर रहेको प्रतिभा वाहिर ल्याउन हरेक क्षेत्रमा महिला सहभागिताको अभ्यास भईरहेकोले महिलाहरु विकासको दौडमा समान सहभागिता हुने विश्वास पनि दिलाउनु भयो ।
नेपाल राष्ट्रिय माडवाडी संगठनका केन्द्रिय उपाध्यक्ष विक्रम चन्द्र सुमन , युवा मञ्चका कञ्चन अग्रवाल , लहान माडवाडी संगठनका अशोक अग्रवाल र फूलकुमार आडवानी लगायतका माडवाडी अगुवाहरुले माडवाडी जातीको आफनै भाषा संस्कृति र पहिचान झल्किने गरि संविधानमा अधिकारको सुनिश्चित हुनु पर्ने माँग गर्नुहुृदै आफूहरु नेपालका पहाड र मधेश सवैठाँउमा रहेर व्यवसायी गर्ने जाती भएकोले माडवाडी समुदाय मधेशी नरहेको जिकिर गर्नु भयो । साथै अगामी दिनमा महिलाहरुको राजनीतिमा सहभागिताको लागि नेतृत्व विकास तालिम गर्ने जानकारी दिनु हुदै माडवाडी समुदायकोलागि महिला मञ्च र युवा मञ्च हात र खुट्टा जस्तै चलायमान अंग भएको स्पष्ट गर्नु भयो ।
महिला संगठका अध्यक्षा रचना राठीले दस वर्ष अगाडी लहानमै स्थापना भएको महिला संगठन देश भरिमा आफनो २४ वाटा शाखामा महिला संगठन निर्माण गरिसकेको जानकारी दिदै अगामी दिनमा हुने राष्ट्रिय तथा स्थानीय चुनावहरुमा माडवाडी महिलाहरु नेतृतवको लागि तयारी गरिररहेको बताउनु भयो ।
कार्यक्रममा मन्त्री यादवको विधार्थी कालदेखि हहिलेसम्मको योगदानको चर्चा गर्दै चित्रलेखा यादव नेपाली महिलाहरुको लागि प्रेरणाको श्रोत भएको प्रशंसा समेत गर्दै नेपालका महिला आन्दोलनका अगुवा नेतृत्वहरुको समेत प्रसंगको पनि चर्चा गरिएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना