यमनमा ११ विद्रोही मारिए

साना, जेठ २५ गते । यमनमा साउदी अरेबियाको नेतृत्वको हवाई कारबाही जारी नै रहेका बेला आइतबार ११ जना विद्रोही मारिएको समाचार छ । त्यहाँका हुथी विद्रोहीविरुद्धको विरुद्धमा साउदी अरेबियाको सेनाको नेतृत्वमा कारबाही जारी नै रहेको बताइएको छ ।

सो कारबाहीका क्रममा आइतबार बिहानसम्ममा कम्तीमा पनि ११ जना विद्रोही मारिएका बताइएको छ । साउदी अरेबियाको सेनाले हुथी विरुद्धको यस्तो हमलालाई केही हप्ताअघिदेखि बन्द गरेको जनाएको थियो । तर पछिल्ला केही दिनयताभने यमनको सेनाको संयोजनमा सो कारबाही जारी नै राखेको छ ।

यस्ता खालका कारबाहीहरुमा विद्रोहीमात्र नभई अन्य सर्वसाधारणको पनि ज्यान जाने गरेको अधिकारवादीहरूले बताउने गरेका छन् । तर साउदी अरेबिया नेतृत्वको सैनिक गठबन्धनले भने मारिनेमा विद्रोही नै पर्ने गरेको बताउँछन् । मारिनेमा केही सर्वसाधारण पनि रहेको समाचारमा जनाइएको छ ।

साना सहरमा नै सेनाले हुथीका विरुद्धका कारबाही गरिरहेको छ । तर यसअघि नै साउदी अरेबिया नेतृत्वको सेनाले भने राजधानी सानामा हुथीको खतरा नरहेको बताएको थियो । साउदी अरेबियाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यमनको राष्ट्रिय सेनाले सिया विद्रोहीविरुद्धको कारबाही जारी नै राखेको छ ।

यमनको दोस्रो ठूलो सहर सानाको दक्षिणी क्षेत्रमा रहेको एक विद्रोहीको क्याम्पलाई लक्ष्यगरी आइतबार बिहान पनि गरिएको अर्को एक आक्रमणमा परी त्यहाँ रहेका ११ जना विद्रोही मारिएको सेनाले जनाएको छ । यमनको दक्षिणी भागका अधिकांश क्षेत्र हाल विद्रोहीको नियन्त्रणमा पुगेको बताइएको छ । त्यसैले सेनाले सो हमला गरेको हो । रासस/एएफपी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना