प्रहरीमा भर्ना गराई दिने भन्दै ठगी गर्ने पक्राउ

बाँके, पुष १ गते । नेपाल प्रहरीको प्रहरी जवान पदमा भर्ना गराई दिने भन्दै विभिन्न व्यक्तिहरु सँग रकम उठाउने एक व्यक्तिलाई प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको छ ।

दाङ्ग तुल्सिपुर ५ का ५० वर्षिया प्रेम शाहलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।
 प्रहरी जवान पदका लागि आवेदन दिएका दाङ्ग तुलसीपुर ५ का विश्व वि.क.का बुवाको किटानी जाहेरीका आधारमा शाह पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी शेखर कोइरालाले प्रारम्भिक अनुसन्धानको क्रममा शाहले विश्व वि.क. र उनका आफन्त नाता पर्ने मिना वि.क.लाई प्रहरी जवान पदमा भर्ना गराई दिने भन्दै दुईलाख रुपैया लिएको खुल्न आएको छ । दुबैजनासँग शाहले चार लाख रुपैया माग गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रमा प्रहरी जवान पदका लागि भर्ना खुलेसँगै प्रहरीमा भर्ना गराइदिन्छु भन्दै प्रतिव्यक्ति दुइलाख रुपैयासम्म असुल गर्नेहरु सक्रिय भएको पाइएको छ । प्रहरीमा भर्ना गराइदिने भन्दै धेरै युवालाई ठगि गरेको अभियोगमा फरार रहेका कचनापुरका खड्कबहादुर खत्री दुसाताअघि पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी जनक शाहीले जानकारी दिनुभयो ।
डिएसपी शाहीका अनुसार खत्रीलाई प्रहरी जवान हुनका लागि रकम बुझाएका १५ जना भन्दा बढि व्यक्तिहरु प्रहरीको सम्पर्कमा आइसकेका छन् । खत्रीले आफुलाई संचारकर्मी र असल शासनकर्मीका रुपमा चिनाउदै आएका थिए ।
हरेक पटक नेपाल प्रहरीमा भर्ना खुलेको समयमा प्रहरीमा भर्ना गराइदिने भन्दै ठुलो गिरोह नै ग्रामिण क्षेत्रबाट आउने युवायुवतीसँग रकम असुल गर्न तयारी अवस्थामा बस्ने गरेको स्रोतको भनाई छ । रकम बुझाएर पनि प्रहरीमा भर्ना नभएपछि मात्रै यसखालका घटना सार्वजनिक हुने गरेको पाइन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना