संविधानसभा र सरकार विघटन गरी सर्वपक्षिय राजनैतिक सभा गरिनुपर्ने -गजुरेल

C.P.GajurelMaoist leader1भक्तिविलास पोखरेल गाईघाट,पुस १ गते । नेपाल कम्यूनिष्ट पार्टी -माओवादीका उपाध्यक्ष सिपि गजुरेलले यथास्थितिको राजनैतिक परिप्रेक्षमा आगामि माग ८ गते कुनैपनि हालतमा नेपालको नयाँ संविधान जारी हुननसक्ने ठोकुवा गर्नुभएको छ । जिल्लास्तरका कार्यकर्ता भेलालाई प्रशिक्षण दिन उदयपुर सदरमुकाम गाईघाट आईपुग्नुभएका उपाध्यक्ष गजुरेलले क्रान्तिकारी पत्रकार महासंघ, उदयपुरद्वारा मङ्गलवार बिहान गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो । 

उहाँले आपूmहरुले संविधानसभा—२ को निर्वाचनलाई बहिस्कार गरेको यो अहिलेको संविधानसभाबाट दुई तिहाइको गणितीय समिकरणको आडमा सरकारले संविधान घोषणा गरे त्यसको बिरुद्धमा उसैदिन मधेसी,जनजाती सवैको सहभागितामा आन्दोलनको आँधिबेहरी ल्याएर सडकबाट जनताको अर्को संविधान पनि घोषणा गरीने बताउनुभयो ।
उपाध्यक्ष गजुरेलले यो सरकारले प्रहरी र सेनाका भरमा जबरजस्ति पश्चगामि संविधान जारी गर्ने कुचेष्टा गरे देशमा झनै ठूलो द्धन्द्ध निम्तिने भन्दै त्यसोहुन नदिन सर्वपक्षिय राजनितिक सभा बोलाएर सवैकुरा टुङ्ग्याउन सकिन्छ भन्नुभयो ।
उहाँले मुलुकको निकासको नाममा ठूला भनिएका तीनवटा दलले नौटंकि गरेर राष्ट्रिय स्वाधिनतालाई खतरामा पु¥याएको आरोप समेत लगाउनु भएको छ । गजुरेलले तीन दलको सिण्डिकेट अन्त्य नभएसम्म नेपाली राजनीतिमा चमत्कारै भएपनि कुनैपनि हालतमा माघ ८ गते नयाँ संविधान आउन नसक्ने बताउनुभयो ।
उहाँले संविधान बनाउने नै हो भने बर्तमानको यो संविधानसभा र सरकार विघटन गरी सर्वपक्षिय राजनैतिक सभा बोलाएर राष्ट्रिय एकताको सरकार निर्माण गरे मात्रै त्यसले सवैलाई मान्यहुने खालको नयाँ संविधान बनाएर राष्ट्रलाई सहि निकास दिनसक्छ भन्नुभयो ।
उहाँले वर्तमान सरकार इतिहासकै सवैभन्दा भ्रष्ट र राष्ट्रघाति सरकार भएको आरोप लगाउदै अनावश्यक रुपमा रहेका छ सय एक सभासदले मुलुकको ढुकुटि रित्याउने काम बाहेक जनताका लागि कुनै काम नगर्ने निश्चि भएकोले यो आफैमा देसको लागि ठूलो आर्थिक बोझ भएको छ भन्नुभयो ।
उहाँले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलिप्रति कटाक्ष गर्दै भन्नुभयो एमाले अध्यक्ष आजभोलि आप्mनो नेतृत्वमा अपवित्र गठबन्धनको सरकार बनाउन सकिन्छकि भन्ने खेलमा भित्रभित्रै लागि परेको र त्यसकोलागि सर्वदलिय सरकार गठनको नाममा तराईमधेसका दलहरुसँग छलफल र बार्ताहरु समेत गर्न थालेको बताउनुभयो ।
एकिकृत नेकपा माओबादिसँग एकता हुने कुनै सम्भावना नरहेको स्पष्ट पार्दे गजुरेलले भन्नुभयो उहाँहरु संविधान सभाबाट संविभान जारी गर्ने भन्नुहुन्छ र त्यतैतिर टाँसिरहनु भएको छ हामि यसलाई बिघटन गर्नुपर्छ भनिरहेका छौ त्यसैले नीतिगत रुपमा नै भिन्न भइसके पछि अव एकता हुने कुनै संभावना छैन ।
विप्लवले पाटी फुटाएको सम्बन्धमा गजुरेलले भन्नुभयो उहाँको कुनै नयाँ निति छैन हाम्रै पाटीको नितिमा हिडेर कसरी पाटी फुटाउनुहुन्छ भन्ने प्रश्न गर्दै सवै मिलेर संविभान बनाउने बेलामा देश र जनताप्रतिको जिम्मेबारीवाट पछि हटेर भूमिगतहुन खोज्नु ठूलो भुल हो भन्दै पाटी फुटेको नभइ चोइटिएको मात्र हो भन्नुभयो । यसबाट साङ्गठानिक रुपमा कुनै असर नपरे पनि मनोवैज्ञानिक रुपमा भने सामान्य प्रभाव परेको उहाँको भनाई थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना