तीन घण्टाका लागि विमानस्थलमा उडान बन्द

काठमाडौँ, जेठ २२ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएपछि मर्मतका लागि आज बिहान १० बजेसम्मका लागि सबै उडानहरू बन्द गरिएका छन् । धावनमार्ग बन्द भएपछि बिहान नेपाल आउने टर्किस एयरको विमान दिल्ली ‘डाइभर्ट’ गरिएको छ भने ओमन एयरको विमान लखनउ अवतरण भएको ओमन एयरका विमानस्थल व्यवस्थापक भरतकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विनाशकारी भूकम्पपछि उद्धार तथा राहतका लागि नेपाल आएका ठूला विमानका कारण अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएको बताइएको छ । धावनमार्गमा चर्किएको भागको मर्मतकार्य बिहान ७ बजेदेखि भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना