बसको ठक्करले युवकको मृत्यु

भीमदत्तनगर, जेठ २० गते । दिल्लीबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बसको ठक्करले कञ्चनपुरको भीमदत्तनगरस्थित ट्राफिक चोकमा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको ट्राफिक चोकमा काठमाडौँ जाँदै गरेको ना५ख १००२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको म१प ७९२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा टीकाराम डगौंराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मङ्गलबार साँझ भएको सो दुर्घटनामा ज्यान गुमाएका डगौंरा कोष तथा लेखा नियन्त्रक कार्यालय भीमदत्तनगरमा कार्यरत थिए । कार्यालयका अनुसार उनी राति कार्यालय समय परेकाले घरबाट कार्यालय आउँदै थिए । बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरी जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना