खानपान र स्वभाव परिवर्तन गरौँ, तनावमुक्त जीवन जिऔँ

लुम्बिनी (रुपन्देही),  जेठ १९ गते । मानिसले आफ्नो स्वभाव र खानापानमा परिर्वतन गर्न सके सधैँ खुसी, सुखी तथा तनावमुक्त जीवन जिउन सक्नेमा विज्ञहरूले जोड दिएका छन् । 

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाको आयोजना तथा जगदम्बा सिमेन्टको सहयोगमा भएको सकारात्मक जीवन शैली र तनाव व्यवस्थापन विषयक यहाँ आयोजित कार्यक्रममा मानव उत्कर्ष नेपालका निर्देशक डा राजु अधिकारीले मानिसले सकारात्मक व्यवहार, सोच, भावना र सकारात्मक जीवन शैली अपनाउन सके ऊ कहिल्यै दुखी नहुने बताउनुभयो ।

योग चिकित्सकसमेत रहनुभएका डा अधिकारीले प्रत्येक दिन व्यायाम र योगमा ध्यान दिए कुनै पनि खालको रोग नलाग्ने र योग प्राकृतिक खानेकुरामा जोड दिनुभयो ।

कार्यक्रममा सङ्घका अध्यक्ष रामकुमार शर्मा, महासचिव भीष्म न्यौपाने सर्वज्ञ, जगदम्बा सिमेन्टका महाप्रबन्धक विदुर ढुङ्गानालगायतले सकारात्मक सोचको विकास गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना