• १६ चैत २०८०, शुक्रबार

घरधनीलाई कुटपिट गरी लुटपाट, तीन पक्राउ

blog

कुटपिटबाट घाइते हुनुभएका मानबहादुर बस्नेत र उहाँकी श्रीमती तिला बस्नेत । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, साउन २६ गते ।
दाङमा बिहीबार  राति घरधनीलाई कुटपिट गरेर लुटपाट भएको छ । घोराही उपमहानगरपालिका– १२ रामकोटका स्थायी ४५ वर्षीय मानबहादुर बस्नेतको घरमा बिहीबार राति लुटपाट भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले बेलुकाको खाना खाएर सुत्ने तयारीमा रहेका बेला समूहमा आएका युवाले पसलमा सामान किन्न आएको भनि बोलाएपछि बस्नेतले ढोका खोल्नुभएको थियो ।

युवाहरुले मानबहादुर र उहाँकी श्रीमती तिला बस्नेतलाई कुटपिट गरी घरमा भएको करिब छ लाख नगद, पसलको सरसामान र गरगहना लुटपाट गरेर भागेको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कुटपिटबाट बस्नेत दम्पती घाइते हुनुभएको छ ।

घाइते दुबै जनाको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि अहिले अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘कुटपिट र लुटपाटमा संलग्नको खोजी कार्य भइरहेको छ । घाइते बस्नेत दम्पतीको अवस्था सामान्य  छ ।’’

उहाँका अनुसार घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।