चाबहिललगायतका सडकमा सौर्य बत्ती जडान

गोरखापत्र समाचारदाता

Online logoभक्तपुर, साउन ३०  गते । भक्तपुरमा उज्यालो भक्तपुर बनाउने अभियान सञ्चालन गरिएको छ । कालोपत्रे भएका सडकको दायाँबायाँ सौर्य बत्ती जडान गरी उज्यालो भक्तपुर बनाउने अभियान सुरु गरिएको हो । भक्तपुर सूर्यविनायक नगरपालिका–७, (गुण्डु)मा ३० वटा सौर्य सडक बत्तीको उद्घाटन गरी उज्यालो भक्तपुर बनाउने अभियान सुरु गरिएको छ ।
सूर्यविनायक–७ बाट सुरु गरिएको उज्यालो अभियान क्रमिक रूपमा नगरपालिकाका १० वटै वडा हुँदै समग्र भक्तपुरमा विस्तार गरिने योजना नगरपालिकाको छ । उज्याले अभियानको सुरुवात गर्दै सांसद महेश बस्नेतले भक्तपुरलाई उज्यालो बनाउने अभियान सुरु भएको घोषणा गर्नुभयो । यसै सातादेखि बालकोटबाट हरियाली प्रवद्र्धन अभियान सुरु भएको र अब गुण्डुबाट उज्यालो अभियान सुरु भएको उहाँले जानकारी दिनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds