• ८ वैशाख २०८१, शनिबार

खाल्डोमा डुबेर दुई बच्चाको मृत्यु

blog

फाइल तस्बिर

लीलाराज खडका

बिर्तामोड, साउन २५ गते । झापाको कनकाई नगरपालिका–१ स्थित सिर्जना  टोलमा बिहीबार दिउँसो ३ बजेको समयमा खाल्डोमा डुबेर २ बच्चाको मृत्युभएको छ ।  

स्थानीय विजय भुजेलकी ४ बर्षीय छोरी निशा भुजेल र अर्का प्रकाश जोगीका  अढाई बर्षीय छोरा अनमोल जोगीको भैँसी आहाल बस्ने पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

स्थानीय बाघे खोलाले बनाएको खाडलमा जमेको पानीमा खेल्नेक्रममा दुवै बच्चाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका वरिष्ठ प्रहरी नायव निरीक्षक अशोक कोइरालाले बताउनुभयो । 

घरका अभिभावकहरू काम गर्न बाहिर गएको र बच्चाहरू खेल्नेक्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बच्चा डुबेर मृत्यु भएको गाउँमा थोत्रा सामग्री सङ्कलन गर्न हिडनेहरुले देखेर स्थानीयलाई खबर गरेका थिए । दुवै बच्चाको मृत्युपछि अहिले कनकाई नगरपालिका –१ स्थित सिर्जना टोल शोकमा डुबेको छ ।