• ८ वैशाख २०८१, शनिबार

राष्ट्रपतिसमक्ष साउदी अरेबियाका राजदूतद्वारा शिष्टाचार भेट

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेद शिष्टाचार भेट गर्नुहुँदै ।

काठमाडौं, साउन २५ गते । राष्ट्रपति  रामचन्द्र पौडेलसमक्ष नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार भेट गर्नुभएको छ । 

राष्ट्रपति भवनमा भएको भेटमा दुई देशबिच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो । 

 साथै, राष्ट्रपति पौडेलले साउदी सरकारले नेपालको विभिन्न क्षेत्रको विकासका लागि पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै नेपाल र साउदी अरबबिच सहकार्य गर्नका लागि पर्यटन एक महत्त्वपूर्ण सम्भावित क्षेत्र रहेको कुरा बताउनु भयो।