• १३ वैशाख २०८१, बिहिबार

धिमे बाजा सिक्दै गुरुजु पल्टन

blog

काठमाडौं, साउन २५ गते । लामो इतिहास बोकेको नेपाली सेनाले संस्कृति संरक्षणमा पनि इतिहासकालदेखि नै विभिन्न माध्यमबाट योगदान पुर्‍याउँदै आइरहेको छ । काठमाडौँ उपत्यकामा मनाइने ३० भन्दा बढी जात्रा पर्वमा गुरुजु पल्टनले सांस्कृतिक रूपमा सहभागी हुँदै आएको छ । 

हुनमानढोकामा अवस्थित शार्दूलजंग गुल्म जात्रामा सहभागी हुने बेलामा पौराणिक पृथ्वीनारायण शाहको पालामा लगाइने पोसाक र त्यति खेर नै प्रयोग भएका भरुवा बन्दुक देखाइन्छ । त्यो हतियार लिएर जात्रामा सहभागी हुँदै आएको छ । गुरुजु पल्टनले आफ्नै बाजाका साथ सहभागी हुँदै आएको भए पनि अब सेनाले नेवारी बाजा विशेषतः नेवारभित्रको ज्यापू समुदायले बजाउने बाजा धिमे बाजासहित जात्रामा सहभागी हुने गरेको छ ।  २०७७ सालबाट धिमे बाजा प्रशिक्षण दिएर धिमेको साथमा जात्रामा सहभागी हुँदै आएकोमा अहिले पनि प्रशिक्षण दिइरहेको छ ।  शार्दूलजंग गुल्मका गुल्मपति पूर्ण प्रजापतिका अनुसार नेपाली सेनाले पनि यहाँको संस्कृति र परम्परा अनि सम्पदाको अपनत्व लिन्छ ।

 

यहाँको संस्कृति संरक्षण र प्रवर्द्धनमा निम्ति विभिन्न माध्यमबाट जनमानसमा पुर्‍याउनको निम्ति नै यो धिमे बाजा प्रशिक्षणलाई निरन्तरता दिएको बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, यो धिमे बाजालाई पनि अन्य बाजाको जस्तो अनिवार्य पाठ्यक्रममा समावेश गरेर यसलाई निरन्तरता दिने प्रयासरत छ । त्यस्तो कहिले नदेखेको बाजाहरू त्यही भएर हामीले निरन्तररुपमा अभ्यास चाहिँ गराउनुपर्छ । त्यसलाई निरन्तरता दिन प्रयास गरिरहेको छु, त्यसमा कुनै समस्या आएको छैन । यसपछिको कार्ययोजनामा बाँसुरी, मङ्गलधुन र बाह्रमासे धुनहरू पनि सिकाउने योजना छ ।

हाल पनि गुरुजु पल्टनका १५ जना प्रशिक्षार्थीलाई धिमेबाजाको प्रशिक्षण सुदनमान मुनिकारले गराइराख्नु भएको छ । प्रशिक्षक मुनिकारका अनुसार आगामी दिनमा अन्य नेवारी बाजालाई प्रशिक्षण दिने योजना छ।

भिडियो : मनोजरत्न शाही, केशब गुरुङ