महोत्तरी वृद्धिचाल संघमा दीपु साह चयन

chess

महोत्तरी समाचारदाता
जलेश्वर, साउन २६ गते । महोत्तरी वुद्धिचाल संघको आठौं साधारणसभाबाट दीपुकुमार साहको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरिएको छ ।
उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको साधारणसभाबाट सर्वसहमतिबाट साहको अध्यक्षतामा समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा मोहमद हैदर अंसारी, सचिवमा गजेन्द्र गुप्ता, सहसचिवमा राजु नायक र कोषाध्यक्षमा शशीभूषणप्रसाद साह चयन हुनुभयो ।
त्यसैगरी सदस्यहरुमा अमृता कुमारी, रेणु कुमारी, सनतबहादुर थापा, नागेन्द्रकुमार कर्ण, लक्ष्मीकुमार साह, गंगाप्रसाद साह, दीपक गुप्ता, अनिल साह रहनुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds